Connect with us
Kapilvast Forest

हिलबर्टमा सिकाई कार्यशाला सुरु

२०८०, २९ पुष आईतवारमा प्रकाशित

कमला सापकोटा पौडेल-
हिलबर्ट अंग्रजी आवासीय माध्यमिक विद्यालयमा दुई दिवसीय क्रियाकलापमा आधारित सिकाई कार्यशाला सुरु भएको छ । हिलबर्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालय तथा कुवरवर्ति विद्यालय रुपन्देहीका शिक्षक शिक्षिकाहरुलाई लक्षित गरि सिकाई उपलब्धी अभिवृद्धिका लागि कार्यशाला सञ्चालन गरिएको हो । क्रियाकलाप मैत्री अर्गानिक नेपालका प्रमुख कार्यकारी अधिकृत अर्जुन भट्ट र वरिष्ट मन्टेश्वरी प्रशिक्षक कमला देवकोटाले कार्यशालाको सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।

कार्यशालाको पहिलो दिन सिक्षण सिकाई क्रियाकलाप सुरु गर्नु पुर्व विद्यार्थीहरुको ध्यानलाई एकत्रित गर्ने तरीका लगायतका विषयमा प्रशिक्षित गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै वाणगंगा नगरपालिका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले विद्यार्थीको मनोभवना अनुरुप शिक्षण सिकाई क्रियाकलाप सञ्चालन नगर्दा विद्यालय चाल्ने विद्यार्थीको प्रवृत्ति नरोकिने बताउनुभयो । काठमाडौंमा मेयर बालेनले ब्याग लेस फ्राई डे कार्यक्रम सुरु गरे झैं यस क्षेत्रका विद्यालयले पनि विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप सम्बन्धि विभिन्न प्रतिश्पर्धाका अलावा जीवनोपयोगी शिप विकासका लागि शुक्रबारलाई प्रयोग गर्दा अझ राम्रो हुने उहाँको भनाई थियो ।

कार्यशालाको उद्घाटन सत्रमा हिलबर्ट विद्यालयका अध्यक्ष दिपक खनालको अध्यक्षता, वाणगंगा नगरपालिका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख खिम बहादुर जि।सी।को प्रमुख आतिथ्यता, हिलबर्ट विद्यालयका कार्यकारी निर्देशक बुद्धि पौडेल, प्रधानध्यापक शिव कुमार पोख्रेल, हिलबर्ट विद्यालय व्यस्थापन समिति सदस्य यादव मरासिनि, कुवरवर्ती विद्यालयका व्यवस्थापन समिति सदस्य कुल प्रसाद पौडेल, हिलबर्टका मा। वि। तह संयोजक सन्तोष खनाल, प्रा।वि। तह संयोजक सुष्मा पौडेल पूर्व प्रा।वि। तह संयोजक मञ्जु सिञ्जाली, लगायतको आतिथ्यता, शैक्षिक निर्देशक तथा नेपाली विषय विभाग प्रमुख तेज प्रसाद आचार्यको सञ्चालन रहेको थियो ।कार्यशालामा दुवै विद्यालयका १ सय बढि शिक्षक शिक्षिका सहित २ बढि शैक्षिक व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu