प्रहरीको गोली लागि मृत्यु भएका लक्ष्मीको परिवारलाई आर्थिक सहयोग
शिक्षकको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु लक्ष्मी मुखिया बिनको परिवारलाई आर्थिक सहयोग गरिएको छ । नेपाली कांग्रेस मधेश प्रदेश कार्य समितिका सभापति एवम् प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री कृष्णाप्रसाद यादवले सिम्रौनगढ नगरपालिका–१ निवासी बिनको परिवारलाई एक लाख २५ हजार आर्थिक सहयोग गर्नुभएको हो ।
भौतिक मन्त्री यादवले मृतक बिनको परिवारलाई मधेश प्रदेश सरकारबाट थप पाँच लाख सहयोग गर्ने घोषणा भइसकेको र उक्त रकम छिट्टै उपलब्ध गराइने जानकारी दिनुभयो ।
तबलको माग गर्दै भएको शान्तिपूर्ण प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर सिम्रौनगढ नगरपालिका–१ का २५ वर्षीय युवक लक्ष्मी मुखिया बिनको मङ्सिर २७ गते मृत्यु भएको थियो ।