युवा समाजसेवी रिजवानद्वारा स्विटर वितरण
न्युज सेन्टर नेपाल-
कपिलवस्तुको शिवराज नगरपालिका ८ पकडीमा रहेको मदरसा अहले सुन्नत नुरुल उलुमका विद्यार्थीलाई स्विटर वितरण कार्यक्रम सम्पन्न भएको छ ।
शिवराज ७ जुमली गाउँका युवा समाजसेवी रिजवान खानले पकडी मदरसाका विद्यार्थीलाई स्विटर वितरण गर्नु भएको हो ।
मदरसा अहले सुन्नत नुरुल उलुमका ७६ जना विद्यार्थीलाई स्विटर वितरण गरेको युवा समाजसेवी रिजवान खानले जानकारी दिनुभयो ।
जाडोयममा पढाईमा विद्यार्थीहरुलाई न्यानो स्विटर वितरण गरेको प्रती मदरसा अहले सुन्नत नुरुल उलुमका रिजवानलाई धन्यवाद समेत दिएको छ ।
न्यानो स्विटर पाएपछि विद्यार्थीहरु खुसी भएका थिए ।
