Connect with us
Kapilvast Forest

मालपोत अधिकृतविरुद्ध चार करोड ४० लाखको भ्रष्टाचार मुद्दा

२०८०, १६ माघ मंगलवारमा प्रकाशित

भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत मीनबहादुर भट्टराईविरुद्ध चार करोड ४० लाख १५ हजार ९२५ रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता नरहरि घिमिरेका अनुसार हाल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, मधेश प्रदेश, जनकपुर, धनुषाका शाखा अधिकृत (आठौँ) समेत रहेका भट्टराईको सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५४ साउन २६ देखि २०७९ जेठ ३० गतेसम्मको वैध आय पाँच करोड ९४ लाख ६७ हजार १४८ रुपियाँ र सोही अवधिमा निजको खर्च तथा लगानी दश करोड २३ लाख ९२ हजार २८८ रुपियाँ देखिएको छ।

निजको आयबाट व्याय घटाउँदा हुन आउने रकम चार करोड २९ लाख २५ हजार १४० रुपियाँ र सो अवधिमा स्रोत नखुलेको विभिन्न गरी चार करोड ४० लाख १५ हजार ९२५ रुपियाँ बिगो रकम कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जरिवाना जफतको मागदाबी लिइएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

आयोगका अनुसार स्रोत नखुलेको सम्पत्ति निजकी कान्छी श्रीमती झुनाकुमारी कठेतसमेतको नाममा घरजग्गा, शेयर खरिद तथा बैङ्क खातामा रकम मौज्दात गरिएकोमा कठेतलाई समेत प्रतिवादी बनाई विशेष अदालत काठमाडौँमा मङ्गलबार आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu