Connect with us
Kapilvast Forest

पाँच करोड फिरौती मागेकाे आराेपमा दुई जना पक्राउ

२०८०, २५ माघ बिहीबारमा प्रकाशित

पाँच करोड फिरौती माग गर्दै ज्यान मार्ने धम्की दिएको आराेपमा दुई जना पक्राउ परेका छन् । बुधबार राति कास्की प्रहरीले पोखरा–८, सिमलचौरबाट पक्राउ गरेका उनीहरुलाई बिहीबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका वडा नं. २, खुर्काेटका ३६ वर्षीय लक्ष्मण दर्जी र सोही पालिकाको वडा नं. १४ का ४२ वर्षीय दीपकबहादुर क्षेत्री छन् । उनीहरुले पोखरामा सच्चाइ केन्द्रका सञ्चालक प्रकाशदीप गैरेलाई फोन र एसएमएसबाट धम्क्याई बारम्बार रकम माग गरेका थिए ।

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले फोन र एसएमएसबाट उनीहरुले सो रकम नदिए मार्ने धम्की दिएको र बारम्बार सच्चाइ केन्द्रमा गई रेकीसमेत गरेको जानकारी दिनुभयो । दर्जी र थापाको साथबाट पाँच सय ७२ ग्राम गाँजा, केही सिम, भरुवा बन्दुकमा लाग्ने केफ, लगायतका सामग्री बरामद भएको छ ।

प्रहरी प्रमुख थापाले अभियुक्तहरुले एक महिनादेखि सिमलचौरमा कोठा लिएर यस्तो गतिविधि गरेको थाहा भएको जानकारी दिनुभयो । “उनीहरुले पोखराका प्रतिष्ठित उद्योगपति, व्यापारी, नेता लगायतका करिब ३० जनाको नाम, ठेगाना, परिवारका सदस्यको नामसमेत टिपोट गरेका आठ पाना भेट्टाएका छौँ,” प्रहरी प्रमुख थापाले भन्नुभयो ।

प्रहरी प्रमुख थापाले सूर्यदर्शन सहकारीको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पनि अनुसन्धान भइरहेको जानकारी दिनुभयो । पत्रकारले सोधेको सच्चाइ केन्द्रकाे अपारदर्शिता, धर्म परिवर्तनको प्रश्नमा उहाँले उजुरी आए त्यसबारे पनि अनुसन्धान हुने प्रष्ट पार्नुभयो ।

“यो केशमा प्रकाशदीपजी नै पीडित भएको देखियो, उहाँको बारेमा त्यस्तो केही भए वा उजुरी आए उहाँमाथि पनि हामी अनुसन्धान गर्छाैं,” प्रहरी प्रमुख थापाले प्रष्ट पार्नुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu