नेपालका प्रथम सहिद लखन थापा (मगर) को १४७ औं स्मृतिमा दिप प्रज्वलन
न्युज सेन्टर नेपाल-
नेपालका प्रथम सहिद लखन थापा (मगर) को १४७ औं स्मृति दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल मगर सघं शिवराज नगर समितिको आयोजनामा कपिलवस्तुको चन्द्रौटा चोकमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल मगर सघं शिवराज नगर समिती अध्यक्ष पुर्ण बहादुर बुढा मगर (निरज) को अध्यक्षता, नेपाल मगर सघंका कपिलवस्तु सहसचिव देवि सारु मगरको प्रमुख अतिथ्यता रहेको थियो ।
जिल्ला सह सचिव प्रमुख अतिथी देवि सारु मगरले सम्पुर्ण मगरहरुको पहिचान कायम गर्न सबै एकजुट हुनुपर्नेमा जोड ।
लखन थापालाई सरकारले प्रथम सहिद घोषणा गरेपनी मगर समुदायलाई उपेक्षित गरेको बताउनु भयो ।
कार्यक्रम यस क्षेत्रका मगर समुदायको सहभागिता रहेको थियो ।