Connect with us
Kapilvast Forest

कब्रस्थानका लागि जग्गा माग

२०८०, ५ फाल्गुन शनिबारमा प्रकाशित

प्यार अलि खान
बुटवलमा बसोबास गर्ने मुस्लिम समुदायका अगुवाहरूले समाधि-स्थल (कब्रस्थान) का लागि जग्गा माग गरेका छन्। रजा ए मुस्तफा मस्जिद समिति तथा मदिना मदरसा मस्जिद प्रबन्ध परिषद्का पदाधिकारीहरुले बुटवल उप-महानगरपालिका तथा तिलत्तोमा नगरपालिकाका नगर प्रमुखलाई भेटी ध्यानाकर्षण गराई ज्ञापन-पत्र बुझाएको बुटवलका अगुवा मुस्लिम युवा सबर मियाँले जानकारी गराए।

बुटवल उपमहानगरपालिका र तिलत्तोमा नगरपालिका भित्र पायक पर्ने सार्बजनिक जग्गाका बारेमा जानकारी गराईएको उनले बताए। ‘निकट भविष्यमै समाधि स्थलका लागि जग्गा अपुग हुने देखियो।’ बुटवल निवासी संविधान सभा सदस्य नजिर मियाँले भने, ‘जग्गा छनौटका लागि केहि विकल्पहरू सुझाएका छौं।’ कब्रस्थानका लागि जग्गा व्यवस्थापन गर्नेबारे दुईवटै स्थानीय सरकारका प्रमुखहरू सकारात्मक तथा प्रतिबद्ध रहेको उनले बताए।

हाल बुटवल उपमहानगरपालिकाको वडा नं २ पाखापानीमा रहेको कब्रस्थान तथा तिलत्तोमा रहेको कब्रस्थानको जग्गा भरिन थालेपछि मुस्लिम अगुवाहरूले थप जग्गा व्यवस्थापनका लागि पहल थालेका हुन्। बुटवल तथा तिलत्तोमा क्षेत्रमा मुस्लिम समुदायका करिब ७ देखि ८ हजार जनसंख्या रहेको मुस्लिम अगुवाहरूले बताएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu