Connect with us
Kapilvast Forest

यादवद्वारा कपिलवस्तु साझेदारी वनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

२०८०, ११ फाल्गुन शुक्रबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिको अध्यक्ष पदमा राम कुमार यादव (राजेन्द्र) ले उम्मेदवारी दिनुहुने भएको छ ।

यही फागुन १६ गते शिवराज नगरपालिका ३ मा हुने साझेदारी वनको अधिवेशनमा अध्यक्ष पदका लागी योग्य रहेको भन्दै उम्मेदवारी घोषणा गरेको यादवले जानकारी दिनुभयो ।

उम्मेदवार यादवले साझेदारी वनलाई आम उपभोक्ताको अपनत्व दिलाउने गरी काम गर्ने बताउनुभयो । वन भित्र हुने बेथिति र विसङ्गतिलाई हटाएर वनको लाभ सम्पूर्ण उपभोक्ताले सहजै पाउन सक्ने योजनाका साथ आफूले काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

जिल्लाको बुद्धभुमी नगरपालिका वडा नं। ७ घर भएका यादवले २ दशक देखी समाजसेवामा सक्रिय रही विभिन्न सामाजिक क्रियाकलापमा गर्दै आउनु भएको छ ।

कपिलवस्तु साझेदारी वन क्षेत्रमा शिवराज नगरपालिकाको ४ वडा र कृष्णनगर नगरपालिकाका २ वडा बुद्धभुमी नगरपालिकाको ४ वटा वडा, महाराजगंज नगरपालिकाको ११ वटै वडा तथा शितगंगा नगरपालिका अर्घाखाँचीको १ वडाको उपभोक्ताहरू रहेका छन् ।

गौतम बुद्ध डिभिजन वन कार्यालय कपिलवस्तु अन्तर्गत पर्ने कपिलबस्तु साझेदारी वनमा महाराजगंज नगरपालिकाको ११ वटै वडा, शिवराज नगरपालिका भित्रका वडा नं। ३,४,१०,११, बुद्धभुमी नगरपालिकाको वडा नं ६,७,८,९ पर्दछ ।

त्यसै गरी कृष्णनगर नगरपालिकाको वडा नं। ६ र ७ तथा शितगंगा नगरपालिकाको वडा नं ११ रहेको छ । प्रत्येक वडाबाट ४ जना पुरुष र ३ जना महिला वडा प्रतिनिधीका रुपमा छनौट भएर कुल १ सय ५४ जनाले अधिवेशनबाट कार्यसमिति चयन गर्ने छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu