Connect with us
Kapilvast Forest

कपिलवस्तुमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम

२०८०, २४ फाल्गुन बिहीबारमा प्रकाशित

कपिलवस्तु- राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ कपिलवस्तु शिवराज नगर समितिको आयोजनामा ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न भएको छ । शिवराज नगरपालिका ३ खरेन्द्रपुरमा एक कार्यक्रम दिवस मनाइएको हो ।

अखिल नेपाल महिला संघ नगर समिति अध्यक्ष बेलौता विकको अध्यक्षता र अखिल नेपाल महिला संघ कपिलवस्तु जिल्ला अध्यक्ष कमला पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि पौडेलले महिलाहरुको हक अधिकार सीमित प्रकारको रहेको बताउँदै चेतनाको स्तरको कमीले गर्दा महिलाहरु पछाडि परेको बताउँउनु भयो । उहाले महिलाहरु संगठित भएर हक अधिकार सुनिश्चितको लागि एक हुनु पर्ने बताउनु भयो ।

राष्ट्रिय जनमोर्चाका जिल्ला सचिब केर सिंह अदैले श्रमिक दिवसको बारेमा प्रकाश पार्नु भयो । पुरुष सरह समान हक र स्वतन्त्रता प्राप्त गर्न पैतृक सम्पत्तिमा छोरा सरह हक र सम्बन्ध विड्छेडमा स्वतन्त्रताको हक पाउनु पर्ने बताउनु भयो ।

आमूल परिवर्तन सँगै महिलाहरुका हक अधिकार सुनिश्चितहुने र श्रमिक महिला दिवस लाई वर्गीय आन्दोलन संग जोडेर लैजानु पर्ने अदैँले बताउनु भयो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला कोष अध्यक्ष तथा शिवराज नगर समिति अध्यक्ष केहर सिंह पुन र अखिल नेपाल किसान संघका केन्द्रिय सदस्य कर्म राज चौधरी मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन अखिल नेपाल महिला संघ जिल्ला सह सचिव बिनिता अँदैले गर्नुभएको हो । अखिल नेपाल महिला संघ नगर सदस्य राम माया सुनारले स्वागत गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu