Connect with us
Kapilvast Forest

धर्ममा राजनीति हुँदा समाजमा विकृति बढिरहेको छ : पूर्वराष्ट्रपति यादव

२०८०, २७ फाल्गुन आईतवारमा प्रकाशित

पूर्वराष्ट्रपति डा. रामवरण यादवले धर्मलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताएका छन् । मिथिला मध्यमा परिक्रमाको उद्घाटन गर्दै यादवले धर्मलाई राजनीतिसँगै जोडेर हेर्ने परिपाटिका कारण समाज विखण्डनतर्फ बढिरहेको भन्दै चिन्तासमेत व्यक्त गरे ।

उनले धर्ममा राजनीति हुँदा समाजमा विकृति बढेको भन्दै धार्मिक कार्यक्रममा समाज उत्थानका कुरा हुनुपर्ने बताए ।

‘धर्ममा पनि राजनीति हुँदा समाजमा विकृति बढ्दै गइरहेको छ, यसलाई हामीले रोक्नु पर्छ,’ उनले भने, ‘धार्मिक कार्यक्रमहरुमा समाज उत्थानको कुरा हुनुपर्छ, समाजलाई कसरी जोड्ने त्यसतर्फ छलफल हुनुपर्छ न कि यस्ता कार्यक्रमहरुमा समेत नेता कार्यकर्ताहरुलाई बोलाएर तामझाम गर्नुपर्छ ।’

धार्मिक कार्यक्रमहरुमा समेत राजनीति गर्नेहरुलाई सामेल गराउँदा धर्ममा पनि राजनीतिको प्रभाव बढ्दै गइरहेको उनको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu