Connect with us
Kapilvast Forest

दिल खोलेर विश्वासको मत दिनुस्, नत्र अल्पमतको सरकार बन्छ

२०८०, २९ फाल्गुन मंगलवारमा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा भोलि दिल खोलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिन पार्टी सांसदहरुलाई निर्दशन दिएका छन् । पार्टी संसदीय दलको मंगलबार बसेको बैठकमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीले अहिले राम्रो काम गरेको बताए ।

‘प्रधानमन्त्रीले पहिले एकदम नराम्रो काम गरेको हुनसक्छ, तर अहिले एकदम राम्रो काम गर्नुभयो’, एकडेढ वर्ष आफ्नो पदका लागि कुनै खतरा नभए पनि गठबन्धन बदल्ने निर्णय गरेको भन्दै उनले भने, ‘अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउन पहलकदमी लिनुभयो ।’

यदि भोलि प्रधानमन्त्रीले विश्वासको मत नपाए देश दुर्घटनामा जाने उनले बताए । ‘बेष्ट अप्सन हो कि होइन भन्ने छोडिदिऊँ’ उनले भने, ‘यतिबेला अर्को कुनै अप्सन छैन । कि त प्रचण्डको नेतृत्वमा यो समीकरण कायम रहन्छ कि त ७६(३) अनुसार कांग्रेसको नेतृत्वमा अल्पमतको सरकार बन्छ भोलि ।’

अल्पमतको सरकार अयोग्य, स्वाभिमानहीन भवितव्यले आइलागेको हुने उनको दाबी छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu