Connect with us
Kapilvast Forest

अमेरिकी डलरको भाउ सामान्य बढ्याे

२०८०, ३० फाल्गुन बुधबारमा प्रकाशित

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। आज अमेरिकी डलरको भाउ सामान्य बढेको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ १४ पैसा र बिक्रीदर १३२ रूपैयाँ ७४ पैसा कायम गरिएको छ। मंगलबार यसको खरिददर १३२ रूपैयाँ १२ पैसा र बिक्रीदर १३२ रूपैयाँ ७२ पैसामा कारोबार भएको थियो।

बुधबार एक युरोको खरिददर १४४ रूपैयाँ ५० पैसा र बिक्रीदर १४५ रूपैयाँ १५ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ५ पैसाले घटेको हो। मंगलबार युरोको खरिददर १४४ रूपैयाँ ५४ पैसा र बिक्रीदर १४५ रूपैयाँ २० पैसामा कारोबार भएको थियो। 

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ ६८ पैसाले घटेर एकको खरिददर १६९ रूपैयाँ ०५ पैसा र बिक्रीदर १६९ रूपैयाँ ८१ पैसा कायम गरिएको छ। मंगलबार बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६९ रूपैयाँ ७१ पैसा र बिक्रीदर १७० रूपैयाँ ४९ पैसा तोकिएको थियो।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ४४ र बिक्रीदर ८७ रूपैयाँ ८३ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ०५ पैसा र बिक्रीमा ९८ रूपैयाँ ५० पैसा कायम गरिएको छ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९७ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ०१ पैसा रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर १० रूपैयाँ ०९ पैसा तथा बिक्री दर १० रुपैयाँ १३ पैसा कायम गरेको जनाइएको छ। 

यसैगरी, बुधबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ २४ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४० पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २३ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३५ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३६ रूपैयाँ १४ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार २८ रूपैयाँ २५ पैसा र बिक्रीदर २८ रूपैयाँ ३८ पैसा कायम गरेको छ। 

साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ २८ पैसा र बिक्रीदर ४३२ रूपैयाँ २४ पैसा र बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ५५ पैसा र बिक्रीदर ३५२ रूपैयाँ १४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu