Connect with us
Kapilvast Forest

करेन्ट लागेर एक जनाको मृत्यु

२०८०, ४ चैत्र आईतवारमा प्रकाशित

म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा रहेको टुण्डी हाइड्रोपावरमा काम गर्ने एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ।

टुण्डी हाइड्रो पावरद्वारा सञ्चालित साउन एसियन कन्स्ट्रक्सन अन्तरगतको पाम कन्स्ट्रक्सनमा ड्रिलर फोरमेन तथा इलेक्ट्रिसियनको काम गर्दैगर्दा गम्भीर घाइते हुनुभएका नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का ३१ वर्षीय भीमबहादुर मगरको उपचारकोक्रममा मृत्यु भएको हो।

शुक्रबार साँझ करेन्ट लागेर घाइते हुनुभएका मगरको बेनी अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक कुमार गुरुङले जानकारी दिनुभयो।

उक्त हाइड्रोमा यस अघि २०८० फागुन १६ गते करेन्ट लागेर दुई जना घाइते भएकोमा सल्यान जिल्लाको बागचौर नगरपालिका–८ का ३२ वर्षीय कमल योगीको मृत्यु भएको थियो। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गुरुङले जानकारी दिनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu