दुर्घटनामा मालपोत अधिकृत रावतको मृत्यु
प्रहलाद यादव
मालपोत कार्यालय, मझगावामा कार्यरत मालपोत अधिकृत ४२ बर्षिय तिलक बहादुर रावतको मृत्यु भएको छ । आईतबार राती पौने ९ बजे सवारी दुर्घटनामा उहाँको मृत्यु भएको हो ।
भैरहवाबाट लुम्बिनीतर्फ जादै गरेको बा २१ च ७५५३ नम्बरको कारले विपरीत दिशाको प्रदेश ३–०२–००१ ब ४८० नम्बरको मोटरसाईकललाइ ठक्करदिंदा मो.सा. चालक रावतको मृत्यु भएको हो ।
भैरहवा स्थित गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलको मुख्य गेट अगाडी भएको दुर्घटनाका कार चालक लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ३ बस्ने ५३ बर्षिय अलाउद्दिन मुसलमान प्रहरी नियन्त्रणमा रहेको ट्राफिक प्रहरी निरिक्षक वजिर सिंह बिष्टले जानकारी दिनुभयो ।
दुर्घटनाबाट घाईते अवस्थामा रहेका मालपोत अधिकृत रावतलाई नजिकैको सिद्धार्थनगर सिटी अस्पताल पुर्याईदासम्म उहाँको मृत्यु भइसकेको चिकित्सकलाइ उधृत गर्दै जिल्ला ट्राफिक प्रहरी प्रमुख तथा ट्राफिक प्रहरी निरिक्षक वजिर सिंह विष्टले जानकारी दिनुभयो ।
लुम्बिनीतर्फबाट भैरहवा पुग्न गल्लामण्डी छोटोबाटो हो । त्यहीबाटो प्रयोग गर्न सवारी चालकले कहिलेकाही गलत साईडबाट सवारी हाँक्ने गरेको देखिन्छ । सोमबार भएको दुर्घटना पनि छिटो पुग्न गलत बाटो प्रयोग भएको कारण हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।