कपिलवस्तुको चन्द्रौटामा हाम्रो सहकारीको भित्तेपात्रो विमोचन

कपिलवस्तुको चन्द्रौटामा रहेको हाम्रो बहुउदेश्य सहकारी संस्था लिमिटेडको आयोजनामा नयाँ वर्ष २०८१ को भित्तेपात्रो विमोचन तथा बधाई शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
भित्तेपात्रो बिमोचन कार्यक्रममा बोल्दै हाम्रो बहुउदेश्य सहकारी संस्था लिमिटेडका अध्यक्ष बाल कृष्ण पाण्डेयले हाल संचालनमा रहेका सहकारीहरु आधुनिक व्यवासायी आधारित रहेको बताउँदै सहकारीहरुले नयाँ ढङ्गबाट अगाडी बढ्ने सोच सहित काम गरिहेको बताउनुभयो । सहकारीले उत्पादनमा जोड दिई वचत कारोबारलाई व्यवस्थीत बनाएको अध्यक्ष पाण्डेयले बताउनु भयो ।
कार्यक्रममा हाम्रो बहुउदेश्य सहकारी संस्था लिमिटेडका चन्द्रौटा सेवा केन्द्रका संयोजक यधा क्षेत्री, सदस्यहरु विष्णु पाण्डे र ज्ञानु प्रसाद पोखरेलको सहभागिता रहेको थियो ।
सहकारीले आमनागरिकको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै जानुपर्ने सञ्चालक समितिका सदस्यहरुले जानकारी दिनुभएको छ ।

