Connect with us
Kapilvast Forest

उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको बैठक बस्दै

२०८१, २१ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ।

पार्टी कार्यालयमा दिउँसो साढे ४ बजे बस्ने गरी बैठक बोलाइएको छ।

बैठकमा इलाम–२ को उपनिर्वाचनको समीक्षा गरिने बताइएको छ। वैशाख १५ गते इलाम–२ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको थियो।

बैठकमा संसद्को बर्खे अधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजनाबारे छलफल हुने रास्वपाले जनाइएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj