Connect with us
Kapilvast Forest

किर्डाक नेपालको शिवराजमा अभिमुखिकरण

२०८१, ३० बैशाख आईतवारमा प्रकाशित

कपिलवस्तु –किर्डाक नेपालले शिवराजमा नगरस्तरी अभिमुखिकरण कार्यक्रम गरेको छ । शिवराजका विभिन्न वडामा नयाँ परियोजनासहित कार्यथालनी गरेको किर्डाक नेपालले उत्थानशील समुदाय विकास लागि समावेसी जीवीकोपार्जन तथा शिक्षा सवलीकरण विषयमा अभिमुखिकरण भएको हो । स्ट्रोमो फाउन्डेसनको आर्थिक सहयोगमा संचालित किडार्क नेपालले नयाँ परियोजना सहित २०२४ देखि ०२८ सम्म शिवराजका तिन वटा वडा ३, ८ र ९ नम्बर वडामा कार्यक्षेत्र रहने किर्डाक नेपाल कपिलवस्तुका कार्यक्रम संयोजक पुकार बस्यालले जानकारी दिनु भयो ।

आज भएको अभिमुखिकरण कार्यक्रमबाट शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाको संयोजकत्वमा नगर स्तरीय परियोजनाको अनुगमन सल्लाहकार समिति गठन भएको छ । सह.संयोजकको रुपमा उप प्रमुख, सदस्यहरुमा प्रमुख प्रशासकिय अधिकृत, शाखा प्रमुखहरु, परियोजना संचालित वडाका वडा अध्यक्ष, नागरीक अगुवा र किर्डाक नेपालका प्रतिनिधी लगायत रहने किर्डाकनेपालका मनोपरामर्श निशा विश्वकर्माले जानकारी दिनुभयो ।

किशोर किशोरी, सिमान्तकृत, गरीव, बालबालिका लगायतको क्षेत्रमा रहेर शिक्षा सवलिकरण, समावेसी जिविकोपार्जन विषयमा काम गर्ने किर्डाक नेपालका कार्यक्रम संयोजक बस्यालले बताउनु भयो । परियोजनाले सन २०२६ सम्म कार्यक्षेत्रमा ६० प्रतिशत मानसिक स्वास्थ्यय पिडीत कम गर्ने लक्ष्य रहेको बस्यालले बताउनु भयो ।

विगतका वर्षमा पनि कार्य गर्दै आएको किर्डाक नेपालले यो वर्ष देखि नयाँ परियोजना सहित शिवराजमा समावेसी जीविकोपार्जन तथा शिक्षा सवलीकरणको क्षेत्रमा कार्य थालनि गरेको परियोजना सफल पार्न नगरबाट समन्वयकारी भुमिका रहने नगर प्रमुख अजय थापाले बताउनु भयो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत बाबुराम पौडेल, शिक्षा शाखा प्रमुख दिनेश चौधरी, पशु शाखा प्रमुख धनेश्वर खनाल लगायत विभिन्न शाखा प्रतिनिधी, वडा अध्यक्ष, वडा सदस्यहरुको सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu