Connect with us
Kapilvast Forest

सबै ३४ आरोपमा ट्रम्प दोषी ठहर

२०८१, १८ जेष्ठ शुक्रबारमा प्रकाशित

teump

न्यूयोर्कको १२ सदस्यीय जुरीले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेका सबै ३४ आरोपहरुमा दोषी ठहर्‍याएको छ । दुई दिनसम्म चलेको सुनुवाइ पछि जुरीले ट्रम्पलाई दोषी ठहर्‍याएको सीएनएनले जनाएको छ ।

अमेरिकाको इतिहासमा पहिलोपटक पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध आपराधिक अभियोग दर्ज भएको थियो । सन् २०१६ मा भएको राष्ट्रपति निर्वाचन अघि पोर्नस्टार स्टोर्मी डेनियल्ससँग यौन सम्बन्ध राखेको र उनलाई चुप लगाउन अनधिकृत रुपमा रकम दिएको आरोप ट्रम्पमाथि थियो । यसैगरी ट्रम्पले आफ्नो कारोबारको रकेर्डका कागजात हेरेफेर गरेको, राष्ट्रपति निर्वाचनको मत परिणाम प्रभावित पार्न संसद भवनमा तोडफोड गरेको लगायतका आरोपहरु पनि थिए । सबै ३४ आरोपमा जुरीले ट्रम्पलाई दोषी ठहर्‍याएको हो ।

अब न्यायाधीश जुआन मर्चेनले ११ जुलाईमा ट्रम्पमाथि सजायँ सुनाउने छन् ।

ट्रम्पले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । कोर्ट रुमबाट बाहिरिँदै ट्रम्पले आफूले कुनै गलत काम नगरेको र निर्दोष रहेको जिकीर गरेका थिए । उनले आफू अन्तिमसम्म लड्ने र जित्ने दाबीसमेत गरे ।

१५ जुलाईमा रिपब्लिकन पार्टीको राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ । त्यसले औपचारिक रुपमा पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवारको रुपमा ट्रम्पको नाम घोषणा गर्ने तयारी छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu