कपिलवस्तुको विद्यालयमा पंखा वितरण
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं २ मा रहेको जनता आधारभुत विद्यालय मदरहवामा पंखा वितरण गरिएको छ ।
नेपाली कांग्रेसका नेता तथा समाजसेवी गोविन्द केसीले ३ थान, काग्रेस नेता विनोद नेपालले १ थान, शिवराज वडा नं २ का वडा सदस्य यम प्रसाद भुर्तेलले १ थान, विद्यालय व्यवस्थापन समितिका अध्यक्षका अध्यक्ष राजेन्द्र बहादुर चौधरी ले २ थान गरी कुल ७ थान पंखा विद्यालयलाई हस्तान्त्रण गर्नुभएको हो ।
वडा सदस्य प्रभु चौधरी र जनता आधारभुत विद्यालय मदरहवाका प्रधानाध्यपक मधु खनाललाई उक्त पंखा हस्तन्त्रण गरिएको समाजसेवी गोविन्द केसीले जानकारी दिनुभयो ।
विद्यालयमा भएका पंखा विग्रिएपछी गर्मियाममा विद्यार्थीहरुलाई पढाईमा समस्या हुदै आएको थियो । पंखा हस्तन्त्रण गरेपछी विद्यालय परिवारले सहयोगिहरुलाई धन्याबाद समेत दिएको छ ।