Connect with us
Kapilvast Forest

समुदायको विकासमा हातेमालो गर्दै आएका छौः मुस्लिम आयोग

२०८१, २२ जेष्ठ मंगलवारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु-

मुस्लिम आयोगले हरेक समुदायको हितमा आयोग तत्पर रहेको आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले बताउनु भएको छ । मुस्लिम आयोगले समाजमा रहेका बर्ग समुदायको उत्थान र विकास गर्न सबैसगं हातेमालो गर्दै अघी बढेको कार्यवहाक अध्यक्ष अलीले बताउनु भयो ।
कपिलवस्तुको विजयनगर गाँउपालिकामा आयोजित मुस्लिम समुदायको आर्थिक, समाजिक, सांस्कृतिक लगायत विविध विषयक सशक्तीकरण तथा क्षमता विकास कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो ।

कार्यवहाक अध्यक्षले भन्नुभयो “नेपालमा भएको सबै संबैधानिक आयोगले समुदायको हितका लागि सरकारलाई सुझाव दिदौ आएका छौ, राज्यले अझैपनि विजयनगर जस्तो कम विकासिल क्षेत्रमा लागानी गर्न आवश्यक छ । स्थानिय सरकारले सबै समुदायको विकासका लागि कुनै पनि भेदभाव गर्न नहुने तर्क व्यक्त गर्नुभयो ।

जिल्लाको विजयनगर गाँउपालिकाको सभाहलमा भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका सदस्य तथा प्रवक्त मिर्जा अरशद बेगले आयोगले मुस्लिम समुदायका बालबालिकालाई शिक्षामा पहुँच वृद्धि गर्नका विभिन्न जिल्लामा शैक्षिक सामग्री वितरण गरेको बताउनुभयो ।

संचालनमा रहेका मदरसा हरूको सरकारी सरह डिग्रीको मान्यता दिनुपर्ने, त्यसमा पढाउने शिक्षक र भौतिक पूर्वाधारको समेत व्यवस्थापन सरकारले गर्नु पर्ने र सबै निकाय हरुमा समावेशीकरण जस्तो कुरामा विस्तृत छलफल भएको आयोग कार्यवहाक अध्यक्ष अलीले जानकारी दिनुभयो ।

आयोगले मुस्लिम समुदायका हक, हित अभिवृद्धिका लागि मदरसा सम्बन्धी अध्ययन, अनुसन्धान, सरकारी सेवामा मुस्लिम समुदायको सहभागिताको अध्ययन, मुस्लिम समुदायको पहिचान सम्बन्धी अध्ययन, अनुसन्धान सम्पन्न गरेको सदस्य वेगले जानकारी दिुनभयो ।

आयोगका सदस्य मोहम्मद समशुल हकले आयोगले लैगिंक हिंसा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको बताउनुभयो । समुदायका मानिसहरुलाई सिलाइकटाइ, व्युटीपार्लर, मोटरसाइकल मर्मत तालिम दिइएको सदस्य समशुल हकले बताउनुभयो । समाजमा जनचेतना फैलाउने र सामाजिक सद्भाव तथा सहिष्णुता कायम राख्न आयोगले अग्रणी भुमिका खेलेको हकले जानकारी दिनुभयो ।

विजयनगर गाँउपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले मुस्लिम आयोगको कार्यक्रम यस क्षेत्रमा राख्दीएकोमा धन्यावाद समेत दिनुभयो । मुस्लिम समुदायको लागि यस क्षेत्रमा धेरै काम गरेको बताउनु भयो ।

मुस्लिम समुदायको विकासका लागि तालिम गोष्टी लगायतका काम गर्दै आएको जानकारी दिनुभयो । कार्यक्रममा कपिलवस्तुका मुस्लिम समुदायका नागरिक समाज, जनप्रतिनिधी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj