Connect with us
Kapilvast Forest

लागुऔषध दुर्व्यसनी नियन्त्रणबारे गृहमन्त्रीको जवाफ माग

२०८१, २४ जेष्ठ बिहीबारमा प्रकाशित

आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले लागुऔषध दुर्व्यसनी नियन्त्रणबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको जवाफ माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपालका लाखौं युवा लागुऔषध दुर्व्यसनमा परेको बताए । यसको नियन्त्रण सरकारले गर्न नसकेको हो कि नियन्त्रण गर्ने गरी काम नगरेको हो भन्ने आशंका रहेको उनले बताए ।

‘लागुऔषधको स्रोत के हो ? समातिएको नष्ट गरिएको भनिन्छ । नष्ट गरिएको भए कहाँ भएको छ ? कतै यो रिसाइकलिङ त भइरहेको छैन ? समात्नमा संलग्न व्यक्तिमार्फत फेरि मार्केटमा पठाउने र यसमा ठूलो व्यापार त भइरहेको छैन ? यसको वास्तविकताबारे अवगत गराउन माग गर्न चाहन्छु,’ उनले भने ।

यो विषयमा गृहमन्त्रीले जवाफ दिनुपर्ने उनको माग छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj