Connect with us
Kapilvast Forest

कपिलवस्तुमा बस र पिक अप ठोकिँदा १ को मृत्यु ८ जना घाइते

२०८१, २९ जेष्ठ मंगलवारमा प्रकाशित


जानु पाण्डे,कपिलवस्तु –

कपिलवस्तुको बुद्ध भूमि नगरपालिका ४ झडुलामाईमा यात्रु बाहक बस पिक अप ठोकिँदा १ जनाको मृत्यु भएको छ । मङ्गलवार बिहान ५ः३० बजे काठमाडौँबाट सुर्खेत जाँदै गरेको क।प्र। ०२–००१ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिक अप एक आपसमा ठक्कर खाएका थिए ।

घटनामा परी पिक अप चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको घटना स्थलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीले बताउनु भयो ।

ठक्कर पछि पिकअपमा च्यापिएका बढईको २ घण्टा पछि उद्धार गरिएको थियो । घाइतेहरू लाई उपचारको लागि बुटवल पठाइएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीर बहादुर सुनारले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu