मेसु बजान्डेको दादागिरी, अस्पताल भित्रै विस्फोटक पदार्थ पड्किदाँ विरामीको भगाभाग

न्युज सेन्टर नेपाल,कपिलवस्तु–
कपिलवस्तु अस्पताल तौलिहवामा सरुवा भइ आएका मेसु किशोर बन्जाडेले अस्पताल परिषर भित्रै विस्फोटक पदार्थ पटका पडकाएर दादागिरी शैलीमा कोलाहल मचाएका छ्न ।
गुल्मीबाट सरुवा भइ कपिलवस्तु अस्पतालमा आएको बन्जाडेले खुशियालीमा विस्फोटक पदार्थ पडकाएका हुन ।
अस्पताल भित्रै विस्फोटक पदार्थ पडकाउदा दण्डहिनताकाे पराकाष्ठा भएको स्थानीयले बताएका छन । अस्पताल परिसरमा ठुलाे ठुलाे आवाजमा लगातार धेरै पटक पटाका पड्काएका मेसु बन्जाडेलाई कार्वाही हुनुपर्ने स्थानीयले माग गरेका छन ।
ठुलाे आवाजका कारण अस्पतालमा भर्ना भएका विरामीहरूलाई भगाभाग भएका थिए । अस्पतालका विरामीलाई समेत असर गरेको विरामीका परिवारले जनाएका छन ।
२०७५ सालदेखि मेडिकल सुपरिटेण्डेन्ट रहेका बञ्जाडेलाई स्थानीयबासीको चर्को विरोधपछि गत वर्ष स्वास्थ्य मन्त्रालयमा तानिएको थियो ।
त्यसपछि सेटिङ मिलाएर पुनः गुल्मी अस्पतालको मेसु बनेका उनी कपिलवस्तुको तौलिहवास्थित आफ्नै बुद्ध क्लिनिकमा कार्यरत थिए । एमाले स्वास्थ्यकर्मी संघ आबद्ध बञ्जाडेले लुम्बिनी प्रदेश सरकार फेरिए लगत्तै कपिलवस्तु अस्पतालमा आउन प्रपञ्च रचेका थिए ।
यसैबीच प्रदेश स्वास्थ्य मन्त्रालयले जेठ १८ गते डा. बञ्जाडेलाई कपिलवस्तु जिल्ला अस्पतालमा मेसुको जिम्मेवारी दिएर खटाएको हो । आज पदभार ग्रहण गर्ने क्रममा उनका समर्थकहरुले अस्पताल हाताभित्रै शक्तिशाली पटाका पड्काएका हुन् ।
अस्पताल भित्रै पटका पड्काएको भन्दै सामाजिक सन्जालमा व्यापक बिरोध भएको छ । .
नजिकै रहेको जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मुकदर्शक बनेको स्थानीयको आरोप छ । तौलिहवाका नागरिक समाजका अगुवाहरुले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण हुनुपर्ने माग राखेका छन ।
#ध्यानाकर्षण_हाेस् Nepal Police HelloSarkar @highlight न्युज सेन्टर नेपाल

