Connect with us
Kapilvast Forest

कपिलवस्तुमा क्यान्सर निवारण सम्बन्धि अन्तरक्रिया सम्पन्न

२०८१, ७ असार बिहीबारमा प्रकाशित

कपिलवस्तुको वुद्धभुमि नगरपालिका गोरुसिङेमा सुर्तीजन्य पदार्थको कारणले हुने क्यान्सर निवारणका लागी पत्रकार अन्तरक्रीया कार्यक्रम गरिएको छ ।

सुशील कोईराला प्रखर क्यान्सर अस्पताल बाँकेको आयोजना तथा हेल्थ आवाजको सहकार्यमा विहिवार कार्यक्रमको आयोजना गरिएको हो ।

अन्तरक्रीया कार्यक्रममा लुम्विनी प्रादेशिक अस्पताल वुटवलमा कार्यरत डाक्ट सम्भु खनालले किशोर अवश्थाका वालवालीका सुर्तिजन्य पद्धार्थको लतमा फस्देै जानु चिन्ताको विषय भएको वताएका छन ।

पछिल्लो समयमा १८ वर्षभन्दा माथिका वालवालीका कुलतमा फस्दै गएकोले यसको दिर्घकालीन प्रभाव नकरात्मक आउने डा खनालले वताए ।

सुर्तीजन्य पदार्थको प्रयोग रोकथामका लागि सचेतनासँगै सुर्तीजन्य पदार्थको प्रयोगबाट मानव स्वास्थ्यमा हुने असर र जोखिम बारे हरेक व्यक्तिलाई स्पष्ट रुपमा बुझाउन अति आवश्यक भईसकेको बताए ।

सरकारले बिरामी भई उपचारका लागि सहयोग गर्नुभन्दा सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने क्यान्सर रोकथाममै केन्द्रित कार्यक्रममा जोडीन डा खनालले आग्रह गरे ।

अहिले क्यान्सर अस्पतालमा उल्लेख्य रुपमा बिरामी उपचारका लागि आउने गरेको भन्दै उनले रोग लागेर उपचार गर्नुभन्दा रोग नै नलाग्ने वातावरण बनाउने अभियानलाई प्राथमिकता दिनुपर्ने बताए ।

कार्यक्रममा हेल्थ अवाजका कार्यकारी सम्पादक भिषा काफलेले नेपालमा पछिल्लो समयमा क्यान्सर रोगीको सँख्या वढदै गएको तथ्याङ प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वुद्धभुमी नगरपालिका स्वास्थ्य प्रमुख , नेपाल पत्रकार महासँघ कपिलवस्तुका अध्यक्ष किरणमान व्रर्जाचार्य लगाएतले मन्तव्य राखेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu