निर्धन उत्थानद्वारा विमा क्षतिपूर्ति रकम वितरण
निर्धन उत्थान लघुबित्त बित्तिय सस्था लिमिटेड बेलाटारी नवलपरासी ले आज छुट्टाछुट्टै कार्यक्रम गरेर बिमा रकम बितरण गरेको छ। बर्दघाट नगरपालिका -१५ पोटाहा र सुस्ता गाउपालिका -०१ सिगाहा मा बिमा रकम बितरण गरेको हो।
बर्दघाट -१५ पोटाहा कि समूह सदस्य कलावती देबि हरिजनको श्रीमान प्रदेशी चमार को मृत्यु पश्चात् रु २ लाख ९० हजार र सुस्ता गाउपालिका वडा न -०१ सिगाहा , सिगाहा म.स कि सदस्य हरि कुमारि थारुको श्रीमान केशब राज चौधरी को मृत्यु पश्चात् रु १ लाख ७३ हजार बितरण गरेको छ।
कार्यक्रम मा प्रमुख अतिथी बर्दघाट न पा -१५ का अध्यक्ष रुद्र बहादुर आले, बिशिस्ट अतिथी शाखा प्रबन्धक लक्ष्मण सापकोटा रहनुभएको थियो।
कार्यक्रम मा बोल्दै बिशिस्ट अतिथी सापकोटाले निर्धन उत्थान लघुबित्त बित्तिय सस्थाले प्रदान गर्ने बित्तिय तथा गैरबित्तिय सेवा, सस्थाको हालको अबस्था र ग्राहक मैत्री सुबिधा बारे जानकारी दिनुभयो त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथी आलेले निर्धन उत्थान लघुबित्तले यस्तो विषम परिस्थिति मा समेत ग्राहकको सरक्षण गर्दै बिना धितो कारोबार गरेको र आफ्नो ठाउमा धेरै लाई स्वरोजगार गराएकोमा धन्यवाद ब्यत्त गरेका थिए। समूह सदस्य , स्थानीय बुद्धिजीवी सहित ४० जनाको उपस्थितिमा सन्चालन भएको कार्यक्रम को सन्चालन ऋषिराम तिमिल्सिना र लालबाबु पन्जियारले गरेका थिए।