Connect with us
Kapilvast Forest

कपिलवस्तुको शिवराजमा छाडा चौपायाको व्यवस्थापन सुरु

२०८१, १३ असार बुधबारमा प्रकाशित

कपिलवस्तु-
शिवराजमा छाडा चौपायाका कारण सडक दुर्घटना बढ्दै गएपछि सडकमा छोडिएका गाई गोरुको व्यवस्थापन सुरु गरिएको छ ।

शिवराज नगरपालिका वडा ९ को बिजगौरीमा छाडा छोडिएका गाई गोरुको व्यवस्थापन सुरु गरिएको नगरप्रमुख अजय थापाले बताए । जनश्रम कृषि सहकारीले छाडा चौपाया व्यवस्थापन गर्ने जिम्मा पाएको छ ।
बुधवार नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव र नगर प्रमुख अजय थापाले छाडा चौपायालाई घाँस खुवाएर उद्घाटन गरेका छन् । कार्यक्रममा महासचिव विप्लवले समाज परिवर्तनको लागि हिँडेका युवाहरूको समूहले छाडा चौपाया व्यवस्थापन गरेर नौलो काम गरेको बताए ।

छाडा चौपायाका कारणले सडक दुर्घटना बढ्ने मात्र नभई किसानका बालीनाली नोक्सान गरेको बताए ।
छाडा चौपायाको व्यवस्थापनलाई उत्पादन सँग जोडेर बायो ग्यास,दूध,घिउ,मल लगायत उत्पादन गरि रोजगारी मूलक सामाजिक सेवा हुने बताए । युवाहरू बिदेसिने चलन बढेको बताउँदै यहाँ नै रोजगारी सिर्जना गर्नुपर्ने जनाए ।

नगर प्रमुख थापाले अब किसानहरू रातभर जाग्राम बस्न नपर्ने बताए । “छाडा छाडिएको गाई गोरुको व्यवस्थापन गर्न सुरु गरेका छौँ”, उनले भने, “सुन्दर नगर बनाउन नगरवासीले पालेका गाई गोरु पनि अबदेखि छाडा नछाड्नेमा हामी विश्वस्त छौँ ।” अन्य पालिका, खुला सीमाका कारण भारतबाट र नगरवासीले पनि पालेका गाई गोरु छाडा छाड्ने गर्दा नगरपालिकामा छाडा चौपायाको समस्या बताइएको छ ।

छाडा चौपायाले नगर कुरूप बनेको अव यसको समाधान भएको मेयर थापाले बताए । शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले छाडा चौपायालाई निःशुल्क उपचार गर्ने बताए ।

कार्यक्रममा वडा अध्यक्ष टेकलाल सापकोटा,गोपाल थारु ,नेकपा नेताहरूले सम्बोधन गरेका थिए । छाडा चौपाया बस्नको लागि ट्रस,तारजाली,पानी, पराल लगायतको व्यवस्था गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu