Connect with us
Kapilvast Forest

वातावरण जोगाउने हाम्रो अभिभारा : कार्यवाहक अध्यक्ष पोख्रेल

२०८१, १५ असार शुक्रबारमा प्रकाशित

नेकपा एमाले शिवराज नगरकमिटिको कार्यवाहक अध्यक्ष महादेव पोख्रेलले बाताबरण जोगाउने हाम्रो अभिभारा रहेको बताउनुभएको छ ।

जननेता स्व: मदन भण्डारीको ७३ औ जन्मजयन्तीको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक अध्यक्ष पोख्रेलले बन वातावरण जोगाउने दायित्व हामी सबैको भएको बताउनु भयो ।

नेकपा एमाले शिवराज नगरकमिटिको आयोजनामा नगरको रहतावल सामुदायिक बन परिसरमा बृक्षारोपण गरिएको नेकपा एमाले नगर कार्यवाहक अध्यक्ष महादेव पोख्रेलले बताउनुभयो ।

अध्यक्ष पोख्रेलले प्रदेस तथा जिल्ला तहका नेता कार्यकर्ताको उपस्थितिमा बिभिन्न प्रजातीका ५ सय ५० बिरुवाहरु रोपीएको बताउनुभयो । बृक्षारोपण पछि अध्यक्ष पोख्रेलले समय समयमा बृक्षारोपण गरिएको स्थान र बिरुवाको अनुगमन तथा मलजल गरिने बताउनुभयो ।

कार्यक्रम एमाले प्रदेस सदस्य नेत्रराज अधिकारी , एमाले जिल्ला सचिव सिबि गहतराज , जिल्ला सदस्य जगत पौडेल लगाएतको उपस्थिति रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu