Connect with us
Kapilvast Forest

दक्षिणी श्रीलङ्कामा हात्तीको आक्रमणबाट १३ जना घाइते

२०८१, २४ असार आईतवारमा प्रकाशित

दक्षिणी श्रीलङ्कामा आयोजित एक धार्मिक शोभायात्राका क्रममा शनिबार राति हात्तीको आक्रमणमा करिब १३ जना घाइते भएको प्रहरीले आइतबार जनाएको छ ।

रुहुनु कटारागामा महादेवाला शोभायात्रा श्रीलङ्काको उवा प्रान्तको कटारागामामा आयोजित एक प्रमुख धार्मिक र सांस्कृतिक कार्यक्रम हो । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र कसैलाई पनि गम्भीर चोट नलागेको प्रहरीले जनाएको छ ।

रङ्गिन लुगाले सजाइएको हात्तीहरू श्रीलङ्काको धार्मिक कार्यक्रमहरूमा प्रमुख आकर्षण र परम्परा हुन् । तर यस्ता कार्यक्रममा हात्तीको आक्रमणका घटनाहरू सामान्य हुन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu