कपिलवस्तुमा धर्मगुरु मौलानाहरुको लागि २ दिने शैक्षिक गोष्ठी सम्पन्न
सनिउल्ला धोबी,
कपिलवस्तुमा मुस्लिम समुदाय धर्म गुरु मौलानाहरुको दुई दिने शैक्षिक गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाको शिवराज नगरपालिका २ स्थित सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टमा दुई दिने शैक्षिक गोष्ठी कार्यक्रम सोमबार सम्पन्न भएको हो ।
जमिया सिराजुल उलुम अलसल्फियाहको अध्यक्ष समिम अहमद नदबीले रुपन्देही र कपिलवस्तुमा रहेका मदरसाका अध्यक्ष र मदरसामा अध्यापन गर्दै आएका मौलानाहरु गोष्ठीमा सहभागि भएको बताउनु भयो ।
कृष्णनगरमा रहेको नेपाल कै सवैभन्दा ठुलो मदरसा जमिया सिराजुल उलुम अलसल्फियाहको आयोजनामा २ दिने गोष्ठी सम्पन्न भएको मौलाना मुजिब अहमद खानले जानकारी दिनुभयो ।
गोष्ठीमा साउदी अरबकि मदिनामा रहेको कुबा मस्जिदको इमाम मोहम्म्द अलहुजैलीले नेपालका मुस्लिम बिद्यार्थीलाई साउदीमा अध्ययन गर्न सहज हुने उदेश्यले गोष्ठी आयोजना गरेको बताउनु भयो ।
गोष्ठीमा १२० जना धर्मगुरुहरुको सहभागिता जनाएका थिए ।
आइतबार भएको उद्दघाटन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व वन तथा वातावरण मन्त्री अर्जुन कुमार केसी, महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलाम, लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहुद खा नेपाली, जमिया सिराजुलका प्रधानाध्यापक शेष अब्दुल रसिद मदनी, अधिवक्ता मोह्हमद मुस्तफा लगायतको सहभागीता रहेको थियो ।