बल प्रयोग गरि घर भत्काएको भन्दै नेकपा (विप्लव) को कडा आपत्ति
कपिलवस्तु- डिभिजन वन कार्यालय कपिलवस्तुले डोजर लगाएर नागरिकको उठिबास गराएको घटना प्रति विप्लव नेतृत्वको नेकपाले कडा आपत्ति जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु इन्चार्ज संगम सि र जिल्ला सचिव पावेल सीको संयुक्त हस्ताक्षरबाट जारी गरिएको विज्ञप्तिमा नागरिकको घर भत्किएको भन्दै कडा निन्दा गरिएको छ ।
बुधबार डिभिजन वन कार्यालय कपिलवस्तुले वस्ति नै डोजर लगाएर हटाएको थियो । वन क्षेत्रमा वस्ति बसेको भन्दै वन कार्यालयले आफ्नो दस्तासहित डोजरको सहयताले वस्ति भत्काएको थियो ।
उक्त घटनाको चैतर्फी विरोध भइरहेको बेला नेकपाले विहीबार एक विज्ञप्ति निकालेर घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आगामी दिनमा आउने परिस्थितिको जिम्मेवार स्वंय्म राज्य पक्ष हुने चेतावनी दिएको छ ।
