Connect with us
Kapilvast Forest

एम्बुलेन्स तोडफोड गर्ने पक्राउ

२०८१, ५ श्रावण शनिबारमा प्रकाशित

pakrau

ताप्लेजुङमा एम्बुलेन्स तोडफोड गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको फक्ताङ्लुङ गाउँपालिकाद्वारा सञ्चालित प्र १–०२–००१ झ ०८११ नम्बरको एम्बुलेन्स तोडफोड गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मिक्वाखोला गाउँपालिका–३ लिबाङका ३१ वर्षीय कुमार शेर्पा, फुङ्लिङ नगरपालिका–२ का २७ वर्षीय अर्जुन वाइबा र मेरिङ्देन गाउँपालिका–३ खाम्लुङका ३६ वर्षीय फुर्वाछिरिङ शेर्पा रहेका छन् । सदरमुकाम फुङ्लिङस्थित रिजाल लाइनमा पार्किङ गरी राखेको ठाउँमा बिहीबार राति उक्त समूहले एम्बुलेन्स तोडफोड गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार तोडफोडबाट एम्बुलेन्सको झ्यालको सिसा फुटेको छ भने अन्य भागमासमेत सामान्य क्षति पुगेको छ । सो समूहले एम्बुलेन्सका चालक विनोद लिम्बूलाई समेत गालीगलौज र अभद्र व्यवहार गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu