Connect with us
Kapilvast Forest

जुगेडीमा बस र ट्याङकर ठोक्कियो, १६ घाइते

२०८१, ५ श्रावण शनिबारमा प्रकाशित

नारायणगढ–मुग्लिन सडक खण्डको जुगेडीस्थित भतेरी जङ्गलमा बस र तेल ट्यांकर ठोक्किदा बसमा सवार १६ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो ।

शनिबार दिउँसो ३ः०० बजेको समयमा नारायणगढबाट पोखरा जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ५४९१ नम्बरको पेट्रोल बोकेको तेल ट्याङकरको पछाडि ठोक्किदा बसमा सवार १६ जना घाइते भएका हुन् ।

घाइतेहरुको चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीका प्रवक्ता रिजालले जानकारी दिनुभयो । दुवै सवारी साधन र ट्यांकरचालक वीरगञ्ज महानगरपालिका –१६ बस्ने बर्ष ४२ को परवेज आलम प्रहरीको नियन्त्रणमा छन् । चितवन मेडिकल कलेजमा १० जनाको, पुरानो मेडिकल कलेजमा एक जना र भरतपुर अस्पतालमा चार जना यात्रुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बस चालक बारा निजगढ नगरपालिका –१३ बस्ने वर्ष ४१ को लालबहादुर घलान, सहचालक तनहुँ भानु नगरपालिका –१ बस्ने वर्ष ३९ को राजेन्द्र क्षेत्री,

बसमा सवार भरतपुर–१६ बस्ने वर्ष २६ का विनिता सुवेदी आचार्य, उहाँका छोरा वर्ष ४ का विप्लव आचार्य, तनहुँ बन्दीपुर गाउँपालिका –१ बस्ने बर्ष ५३ को बद्रिकुमार श्रेष्ठ, उहाँका श्रीमती वर्ष ५३ का सिर्जना श्रेष्ठ, भानु –४ बस्ने वर्ष ४१ का सिर्जना रानाभाट, सोही ठाउँका वर्ष २५ का अमृता रानाभाट, तनहुँ ब्यास नगरपालिका –१२ बस्ने वर्ष ६० को झलकबहादुर थापा, म्याग्दी गाउँपालिका –१ बस्ने वर्ष ३३ का मनमाया आले, मनमाया आलेका छोरा वर्ष ७ को रिषभ आले,

तनहुँ व्यास –१ बस्ने वर्ष २९ का अमृता थापा, लमजुङ सुन्दरबजार –१० बस्ने वर्ष ३२ को पदम भुजेल, तनहुँ ब्यास –१ बस्ने वर्ष ४३ का कमलामाया थापा, तनहुँ व्यास –६ बस्ने वर्ष २७ को निरज गिरी र निरज गिरीको छोरा वर्ष ५ को सुलभ गिरी रहेको प्रहरीको भनाइ छ । उहाँहरुको अवस्था सामान्य छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu