विपिको ४२औं स्मृति दिवसको अवसरमा कपिलवस्तुमा बृक्षारोपण
सनिउल्ला धोबी-
विशेश्वर प्रसाद कोइराला (विपि) को ४२औं स्मृति दिवसको अवसरमा कपिलवस्तुको शिवराज नगरपालिका ९ शिवगढी बानियाँभारमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
शिवगढिको बानियाभार स्थित दुर्गा मन्दिर परिषरमा विभिन्न जातका बिरुवा रोपिएको हो ।
नेपाली कांग्रेस शिवराज ९ शिवगढी इकाई सभापति हरी बहादुर श्रेष्ठको अध्यक्षता, नेपाली कांग्रेस जिल्ला सचिव प्रेम बहादुर रायमाझीको प्रमुख अतिथ्यता रहेको थियो ।
अन्य अतिथिहरुमा नेपाली कांग्रेस शिवराज नगर सभापति मधु पोख्रेल, युवा नेता हरिप्रसाद पोखरेल, महिला नेता माया बुढाथोकी, युवानेता मोहन केसी, खगेन्द्र गिरी लगायत रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला सचिव प्रेम बहादुर रायमाझीले विपिको जिवनीबारे स्पष्ट पार्नु भएको थियो ।
बिपिको जेल जीवन र राजनीतिको गतिविधिले नेपालमा प्रजातन्त्र आएको जिल्ला सचिव रायमाझीले बताउनु भयो ।