Connect with us
Kapilvast Forest

कपिलवस्तुको चन्द्रौटामा सुकुम्बासीहरुको विशाल र्याली

२०८१, १६ श्रावण बुधबारमा प्रकाशित

कपिलवस्तु –कपिलवस्तुको चन्द्रौटामा भुमिहिन सुकुम्बासीहरुको विशाल र्याली सम्पन्न भएको छ । र्यालीको नेतृत्व सुकुम्बासी नेता तथा समाजसेवी एमबी सुनारले गर्नु भएको हो ।

र्यालीको मुख्य उद्देश्य सुकुम्बासीको समस्याहरु उजागर गर्दै सरकारसंग विभिन्न मागहरु राखेका थिए । सुकुम्बासीहरुले आफ्नो जीवनस्तर सुधार गर्नका लागि सरकारी नीतिहरुमा परिवर्तनको माग गरेको नेता तथा समाजसेवी एमबी सुनारले बताउनु भयो ।

भूमिहीनताको समस्या, आवास सुविधाको अभाव, र अन्य सामाजिक र आर्थिक समस्याहरुलाई प्राथमिकतामा राखेर सरकारसंग तत्कालिन समाधानको अपिल गरेको सुनारको भनाई छ ।

र्यालीमा सहभागीहरुले विभिन्न नाराहरु लगाउँदै, प्लेकार्डहरु प्रदर्शन गरे। उनीहरुले ‘हाम्रो माग पूरा गर, सुकुम्बासीलाई न्याय दे’, ‘आवास हाम्रो अधिकार, राज्यको कर्तव्य’, ‘भूमिहीनलाई भूमि दे’ जस्ता नाराहरु लगाएका थिए।

र्यालीको क्रममा एमबी सुनारले एक सम्बोधन गर्दै, सुकुम्बासी समुदायका समस्याहरु समाधान नभएसम्म संघर्ष जारी रहने बताए। उनले भने, “सुकुम्बासीहरु पनि यो देशका नागरिक हुन्। हामीलाई पनि समान अधिकार चाहिन्छ। हाम्रो माग पुरा नभएसम्म हामी यो आन्दोलन जारी राख्नेछौं।”

सुकुम्बासी समुदायका अन्य नेताहरुले पनि सम्बोधन गर्दै आफ्नो समस्याहरुको विवरण दिएका थिए। उनीहरुले सरकारसंग सहयोगको अपिल गर्दै, सुकुम्बासी समुदायको जीवनस्तर सुधार्नका लागि ठोस कदम चाल्न आग्रह गरे।

र्यालीमा सहभागीहरुले चन्द्रौटाको विभिन्न भागहरुमा परिक्रमा गर्दै, आफ्नो मागहरुको बारेमा जनचेतना फैलाए।

यो र्यालीले सुकुम्बासी समुदायको आवाज बुलन्द बनाउँदै, उनीहरुको समस्याहरुलाई उजागर गर्ने प्रयास गरेको छ। र्यालीमा सुकुम्बासीहरुले सरकारसंग सहानुभूति र सहयोगको अपिल गर्दै, आफ्नो अधिकारको लागि लड्ने दृढता व्यक्त गरेका छन्।

र्यालीमा करिब ५ सय सुकुम्बासीहरुको सहभागिता रहेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu