Connect with us
Kapilvast Forest

२२ वटा नर्सिङ कलेजलाई सम्बन्धन दिन निर्देशन

२०८१, १७ श्रावण बिहीबारमा प्रकाशित

२२ वटा नर्सिङ कलेजलाई सम्बन्धन दिन संसदीय समितिको निर्देशन
विभिन्न २२ वटा नर्सिङ कलेजलाई सम्बन्धन दिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. अन्जनी कुमार झाका अनुसार २२ वटा संस्थाले आयोगबाट आशयपत्र प्राप्त गरेका छन् ।

आशयपत्र पाएका सांस्थाहरु सम्बन्धन प्राप्त गर्ने प्रक्रियामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटइभिटी) पुगेको छ । ती २२ वटा संस्थाले नर्सिङ पढाउने चाहेका छन् । तर, यही साउन १९ गते इन्ट्रान्स परीक्षा हुँदैछ । त्यअगावै आफूहरुले नर्सिङ पढाउने अनुमति पाउनुपर्ने सम्बन्धित संस्थाहरुको माग छ ।

यो मागका सम्बन्धमा छलफल गर्न बिहीबार बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले मापदण्ड पूरा गरेर अगाडि बढेका संस्थाहरुलाई सम्बन्धन दिन निर्देश गरेको हो ।

‘प्रावधिक शिक्षा तथा व्यावसायीक तालिम परिषदको बैठक तत्काल राखी सम्बन्धनका लागि चिकित्सा शिक्षा ऐन २०७५ र सो सम्बन्धी नियमावली बमोजिम आवश्यक मापदण्ड, शर्त र प्रक्रिया पुरा गरेका संस्थाहरुलाई आयोग समक्ष पेश गरी सम्बन्धन स्वीकृति गरी यसै शैक्षिक सत्रभित्र भर्ना प्रक्रिया प्रारम्भ गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिने’ समितिको निर्णय छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu