Connect with us
Kapilvast Forest

नेपाली कांग्रेस नेता शाह र मुख्यमन्त्री योगी विच भेटघाट

२०८१, १८ श्रावण शुक्रबारमा प्रकाशित

सनिउल्ला धोबी- नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अभिषेक प्रताप शाहले छिमेकी मुलुक भारत उत्तर प्रदेश सरकारका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटघाट गर्नु भएको  छ । शाहले लखनऊ स्थित मुख्यमन्त्री निवासमा मुख्यमन्त्री आदित्यनाथसँग भेटवार्ता गर्नु भएको हो ।

भेटघाटमा दुई देशको राजनीतिक अवस्था, आपसी सम्बन्ध र नागरिकहरूको हितका विषयमा विशेष छलफल भएको थियो । नेता शाहले दुई देशका नागरिकहरूको हित र विकासका मुद्दाहरूमा गम्भीर छलफल भएको बताउनु भयो ।

मुख्यमन्त्री योगी आदित्यनाथले नेपालीहरूको दुखसुखमा साथ दिने प्रतिबद्धता व्यक्त गर्नु भयो। साथै उहाले सीमावर्ती क्षेत्रमा कसैलाई दुःख नदिन र आपसी समझदारी कायम राख्न आग्रह गर्नु भयो।

शाह र आदित्यनाथबीचको भेटघाटले नेपाल-भारत सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। विशेष गरी सीमावर्ती क्षेत्रहरूमा आपसी सहयोग र विकासका परियोजनाहरूलाई प्राथमिकता दिँदै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

नेता शाहले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउन र नागरिकहरूको हितमा कार्य गर्नको लागि यस्ता उच्चस्तरीय भेटघाटहरू आवश्यक रहेको बताएका छन् ।

यस भेटघाटले दुई देशबीचको आपसी सहयोग र समझदारीलाई नयाँ उचाईमा पुर्याउने आशा गरिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu