Connect with us
Kapilvast Forest

रोटरी क्लब अफ कपिलवस्तुको आयोजनामा वृक्षारोपण

२०८१, २० श्रावण आईतवारमा प्रकाशित

कपिलवस्तु– रोटरी क्लब अफ कपिलवस्तुको आयोजनामा आज बिहान कपिलवस्तुको शिवराज नगरपालिका १, उमरी डाँडामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

वातावरण संरक्षण गर्ने उद्देश्यले बृक्षारोपण कार्यक्रम सम्पन्न भएको रोटरी क्लवका अध्यक्ष बाल कृष्ण पाण्डेयले जानकारी दिनुभयो ।

कार्यक्रम रोट्र्याक्ट क्लब अफ कपिलवस्तु र इन्ट्र्याक्ट क्लब अफ शिवगढीको सहयोगमा सम्पन्न भएको क्लबका अध्यक्ष बालकृष्ण पाण्डेयले बताउनु भयो ।

वृक्षारोपण कार्यक्रममा सामुदायिक वन र पतञ्जलीका पदाधिकारीको समेत सहभागीता रहेको थियो। उमरी डाडामा विभिन्न प्रजातीका बिरुवाहरू रोपिएका छन्।

रोटरी क्लब कपिलवस्तुले यस किसिमका गतिविधिहरू गर्दै आएको छ, जसले समाजमा वातावरण संरक्षणको महत्त्वलाई उजागर गर्दै आएको छ।

कार्यक्रमको माध्यमबाट क्लबले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu