Connect with us
Kapilvast Forest

कारोबार र पुँजीकरण अहिलेसम्मकै उच्च

२०८१, २८ श्रावण सोमबारमा प्रकाशित

यर बजारमा उच्च विन्दुको रेकर्ड बन्ने क्रमले निरन्तरता पाएको छ । आइतबार खुलेको बजारमा सेयर बजारमापक नेप्से परिसूचक मात्रै बढेन । कारोबार रकम र बजार पुँजीकरणले अहिलेसम्मकै रेकर्डलाई ब्रेक गर्दै ऐतिहासिक उच्च विन्दुमा पुगेको छ ।

आइतबार ९४ अङ्कले उकालो लागेको बजारमा कारोबार रकमले २६ अर्ब रुपियाँ पछ्याएको छ भने कुल बजार पुँजीकरण ४५ खर्ब ४१ अर्ब नाघेको छ ।

उकालो क्रममा लागेको सेयर बजारले साढे २८ सयको विन्दु पार गरेको छ । साताको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचकलाई साथ दिँदै कारोबार रकम पनि साढे २५ अर्बमाथि लागेको छ ।

आइतबार नेप्से ९४.४६ अङ्कले उकालो लागेर २८६०.८४ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि १८.२३ अङ्कले उकालो लागेर ५०१.९१ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा साताको पहिलो दिनको नेप्से ३.४१ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स ३.७६ प्रतिशतले उकालो लागेको छ ।

नेप्से सूचक ३० महिनायताकै उच्च विन्दुमा पुगेर कारोबार भएको छ । यसअघि मार्केट २०७८ माघ ३ गते २८७६.७४ विन्दुमा बन्द भएको थियो । उकालो लाग्ने क्रममा रहेको सेयर बजार अघिल्लो साताको अन्तिम दिन भने सामान्य अङ्कले उकालो लागेर बन्द भएको थियो । साताको अन्तिम दिन सेयर बजारमापक नेप्से परिसूचक छ अङ्कले उकालो लागेको थियो भने कारोबार रकम २० अर्बमाथि लागेको थियो ।

कारोबार रकम अहिलेसम्मकै उच्च

सेयर बजारमा आइतबार अहिलेसम्मको उच्च भएको कारोबार भएको छ । आइतबार ३३० कम्पनीको छ करोड तीन लाख २१ हजार ३२३ कित्ता सेयर दुई लाख ७५ हजार २०७ पटक खरिदबिक्री हुँदा २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५०९ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा पाँच अर्ब ७० करोड रुपियाँले बढी हो ।

बिहीबार ३२२ कम्पनीको पाँच करोड नौ लाख ४६ हजार ८३२ कित्ता सेयर दुई लाख नौ हजार ९६५ पटक खरिदबिक्री हुँदा २० अर्ब सात करोड चार लाख ३४ हजार १०३ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

बजार पुँजीकरण उच्च

नेप्सेको बजार पुँजीकरण ४५ खर्ब ४१ अर्ब तीन करोड ३२ लाख ७३ हजार तीन सय रुपियाँ पुगेको छ । जुन अहिलेसम्मकै उच्च हो । यसअघि २०७८ भदौमा बजार पुँजीकरण ४४ खर्ब ६८ अर्ब बराबर रहेको थियो ।

हिमालयन रिको अग्रता

अघिल्ला दिनमा अग्रता कायम गरिरहेको हिमालयन रिइन्स्योरेन्स लिमिटेड आइतबार फेरि अगाडि लागेको छ । पहिलो दिन एक अर्ब ५२ करोड दुई लाख ४७ हजार ३७० रुपियाँ बराबरको सेयर कारोबार भएर हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टको एक अर्ब १६ करोड ६४ लाख ९५ हजार १९८ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

जीवन बिमा, लघुवित्त र लगानीमा आकर्षण

आइतबारको सेयर बजारमा जीवन बिमा, लघुवित्त, लगानी र जलविद्युत् उपसमूहमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

आइतबार कारोबारमा आएका सबै उपसमूहको परिसूचक उकालो लागेको छ । साताको पहिलो दिन जीवन बिमा उपसमूहको परिसूचक सर्वाधिक ४.५३ प्रतिशतले उकालो लागेको छ ।

यस्तै लघुवित्त ४.३९ प्रतिशत, लगानी ४.१२ प्रतिशत, जलविद्युत् ३.९३ प्रतिशत, फाइनान्स ३.४९ प्रतिशत, निर्जीवन बिमा ३.४५ प्रतिशत, बैङ्किङ ३.३५ प्रतिशत, व्यापार २.९१ प्रतिशत, विकास बैङ्क २.५८ प्रतिशत, अन्य २.५१ प्रतिशतले उकालो लागेको छ ।

मौद्रिक नीतिपछि उत्साह

राष्ट्र बैङ्कले दुई साताअगाडि सार्वजनिक गरेको चालु आव २०८१/८२ को मौद्रिक नीति लचिलो र सेयर बजारमैत्री आएपछि लगानीकर्ताको मनोबल बढिरहेको छ । संस्थागत लगानीकर्ताका कर्जामा २० करोड क्याप हटाइएपछि सेयर बजार उत्साह छाएको ब्रोकर विष्णु गिरी बताउनुहुन्छ ।

सेयर बजारमा बैङ्क तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित नेपाल राष्ट्र बैङ्कले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीलाई सहमति प्रदान गरिसकेको छ ।

मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजी बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि बैङ्क तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोड रुपियाँको सीमा खारेज गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu