पुर्वप्रधानमन्त्री प्रचण्ड र सांसद खानबीच भेटघाट
न्युज सेन्टर नेपाल-
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका केन्द्रिय उपाध्यक्ष तथा सांसद अब्दुल खानबीच काठमाडौँमा महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।
सांसद अब्दुल खानले विभिन्न समसामयिक राजनीतिक विषयवस्तुहरूमा प्रचण्डसँग छलफल गरेका छन्। भेटघाटका क्रममा वर्तमान राजनीतिक परिस्थिति, सत्ता गठबन्धनको भविष्य, र राष्ट्रिय मुद्दाहरूमा विस्तृत छलफल भएकोसांसद खानले बताअउनु भयो।
यो भेटवार्ता वर्तमान राजनीतिक घटनाक्रमका सन्दर्भमा विशेष महत्त्वपूर्ण मानिएको छ। विभिन्न राजनीतिक दलहरूबीचको सम्बन्ध र आगामी रणनीतिहरूको विषयमा प्रचण्ड र खानबीचको छलफलले निकट भविष्यमा नयाँ समीकरणहरू निर्माणको संकेत दिन सक्छ।
सांसद खानले भेटघाटपछि संक्षिप्त प्रतिक्रिया दिँदै भेट सकारात्मक रहेको र यसले दुई दलबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्। यो भेटवार्ताले नेपाली राजनीतिक परिदृश्यमा आगामी दिनमा महत्वपूर्ण प्रभाव पार्न सक्ने आकलन गरिएको छ।