Connect with us
Kapilvast Forest

कांग्रेस उपसभापति करम हुसेन एमालेमा प्रवेश

२०८१, १ भाद्र शनिबारमा प्रकाशित

न्युज सेन्टर नेपाल- नेपाली कांग्रेस शिवराज नगरपालिका नगर उपसभापति करम हुसेन खान नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।

करम हुसेन ३५ जनाको टोली सहित नेकपा एमालेमा प्रवेश गर्नु भएको हो ।
नेकपा एमाले कपिलवस्तुको सचिवालयमा आयोजित एक कार्यक्रममा नेकपा (एमाले) का नेताहरुले खान र उनका समर्थकहरुलाई पार्टीमा स्वागत गरेका हुन्।

शिवराज नगरपालिकामा कांग्रेसको उपसभापतिका रूपमा रहेका खानले आफ्नो समूहसहित नेकपा (एमाले) मा प्रवेश गरेपछि नगर क्षेत्रमा एमालेको प्रभाव बढ्ने अनुमान गरिएको छ।

पार्टीमा प्रवेश गर्ने क्रममा खानले आफू र आफ्ना समर्थकहरुले नेकपा (एमाले) को विचारधाराप्रति विश्वास राखेर पार्टीमा प्रवेश गरेको बताएका छन्। उनले पार्टीलाई अझै बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेकपा (एमाले) का नेताहरुले खानसहितको समूहलाई स्वागत गर्दै आगामी दिनमा पार्टीको संगठनलाई थप मजबुत बनाउन र स्थानीय तहमा पार्टीको उपस्थिति प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu