Connect with us
Kapilvast Forest

यो गठबन्धन साढे ३ वर्षसम्म चल्छ: गगन थापा

२०८१, ४ भाद्र मंगलवारमा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस एमाले गठबन्धन साढे ३ वर्ष नै चल्ने दाबी गर्नुभएको छ। उहाँले गठबन्धनमा कुनै पनि उथलपुथल नहुने दाबी गर्नुभयो।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देही प्रशिक्षण विभागद्वारा आयोजित तीन दिने आवासीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई लुम्बिनीमा सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस र एमालेले निश्चित उद्देश्य पुरा गर्नका लागि सरकार बनाएकाले त्यसलाई पुरा गर्ने बताउनुभयो।

‘‘नेकपा (एमाले) को उपद्रो रोक्छौँ, कांग्रेसको चकचक गर्ने बानी पनि छैन ,चकचक पनि गर्दैन। यो गठबन्धन साढे ३ वर्षसम्म नै चल्छ,’’ महामन्त्री थापाको भनाइ छ।

महामन्त्री थापाले संविधान गतिशील दस्ताबेज भएकाले समयको आवश्यकता अनुसार संशोधन गर्दै जानुपर्ने बताउनुभयो। यस्तै महामन्त्री थापाले कांग्रेस रुपन्देहीले सुरु गरेको प्रशिक्षणको कार्यक्रम अब देशभर नै सुरु हुने बताउनुभयो। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भरतकुमार शाहले पार्टीलाई एकताबद्ध बनाएर अब अघि बढाउनुको विकल्प नभएको बताउनुभयो। नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले जनप्रतिनिधि जनता भन्दा ठुलो हुँ भन्ने भावना राख्न नहुने बताउनुभयो।

नेपाली कांग्रेसका रुपन्देही सभापति रामकृष्ण खाँणले प्रशिक्षण कार्यक्रमले पार्टीलाई अझै बलियो र गतिशील बनाउने बताउनुभयो। तीन दिनसम्म चल्ने कार्यक्रममा गोविन्द पोखरेल, सुरेश आचार्य, छन्दकुमार पहराई र उमेश श्रेष्ठले प्रशिक्षण दिनुहुनेछ। कार्यक्रमको समापन पार्टी उपसभापति पूर्णबहादुर खड्काको उपस्थितिमा हुनेछ।

उद्घाटन सत्र कार्यक्रम प्रशिक्षण विभाग प्रमुख अनिता शाह,कांग्रेस रुपन्देहीका कोषाध्यक्ष हरिप्रसाद अर्याल लगायतले धारणा राख्नुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu