Connect with us
Kapilvast Forest

प्रतिनिधिहरुलाई सहि नेतृत्व चयन गर्न पोख्रेलको आग्रह

२०८१, ९ भाद्र आईतवारमा प्रकाशित

कपिलवस्तु, — नेकपा एमाले शिवराज नगर कमिटीको दोस्रो अधिवेशनको तयारी भइरहेका बेला नगर अध्यक्ष पदका उम्मेदवार महादेव पोख्रेलले नगरका प्रतिनिधिहरुलाई सहि नेतृत्व चयन गर्न आग्रह गरेका छन्।

पोख्रेलले वडा नं. १ देखि ११ सम्मका प्रतिनिधिहरुलाई बधाई दिँदै, नगरको सबल, सुदृढ, सक्षम, योग्य, र अभिभावकीय भूमिका निभाउन सक्ने नेतृत्व छनोट गर्न अनुरोध गरेका छन ।

उनले शिवराज नगरको भविष्यलाई उज्यालो बनाउन सक्ने नेतृत्वको चयन गर्ने जिम्मेवारीलाई प्रतिनिधिहरुले गम्भीरतापूर्वक लिने अपेक्षा व्यक्त गरेका छन ।

उहाँले वडाबाट आएका प्रतिनिधिहरुको भूमिकालाई सशक्त र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै, अधिवेशनलाई सफल बनाउन सबैको सहयोग र एकताको आवश्यकता रहेको बताएका छन्। यसैबीच, नगर अधिवेशन भदौ १३ गते हुने कार्यक्रम रहेको छ ।

पोख्रेलले प्रतिनिधिहरुलाई नगरको समग्र विकास र समृद्धिका लागि सशक्त नेतृत्व छनोट गर्न महत्वपूर्ण निर्णय लिनुपर्नेमा जोड दिएका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu