नगर अध्यक्ष पदमा पोख्रेल र केसीको प्रतिस्पर्धा
न्युज सेन्टर नेपाल– नेकपा एमाले शिवराज नगर कमिटी, कपिलवस्तुको अधिवेशन भोली हुने भएको छ। अधिवेशनमा नगर अध्यक्ष पदका लागि महादेव पोखरेल र राम चन्द्र केसी (विराट) को प्रतिस्पर्धा हुने चर्चा छ ।
कार्यवाहक अध्यक्ष महादेव पोखरेल र युवानेता राम चन्द्र केसी दुबै अध्यक्ष पदका लागि उम्मेदवार बन्ने तयारीमा रहेका छन ।
पोखरेल यसअघि पार्टीमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन् भने केसी युवानेता र सक्रिय सदस्यका रूपमा चिनिएका छन्।
यसअघि अध्यक्ष पदका लागि शरद अधिकारीको नाम चर्चामा रहेको थियो। तर, एमालेको विधान अनुसार उनी अध्यक्ष पदका लागि योग्य नहुने भएकाले उनको उम्मेदवारीको चर्चा सेलाएको छ। एमाले स्रोतका अनुसार विधानअनुसार केहि मापदण्डका कारण अधिकारी अध्यक्ष पदमा उम्मेदवार बन्न असमर्थ भएका हुन ।
अब, पोखरेल र केसीबीचको प्रतिस्पर्धा कसको पक्षमा जाने हो भन्ने हेर्न बाँकी छ। अधिवेशनले एमालेको नगर कमिटीमा नयाँ नेतृत्व चयन गर्नेछ र आगामी दिनमा पार्टीलाई सुदृढ बनाउने जिम्मेवारी सुम्पनेछ।