नेपाली कांग्रेसद्वारा विपि जयन्तीमा सामाजिक काम
सनिउल्ला धोबी-
नेपाली कांग्रेस शिवराज नगर समिति कपिलवस्तुले १११ औं बिपि जयन्तीको अवसरमा समाजसेवामूलक कार्यक्रम सम्पन्न गरेको छ । चन्द्रौटा बजार क्षेत्रमा सरसफाई अभियान सञ्चालन गर्दै, वातावरणलाई सफा र स्वच्छ राख्न महत्वपूर्ण योगदान पुर्याएको नेपाली काग्रेले जनाएको छ ।
यस अवसरमा सन्जिवनी सामुदायिक अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफुल वितरण गर्दै, नेपाली कांग्रेसले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गरेको नगर सभापति मधु पोख्रेलले जानकारी दिनुभयो ।
सरसफाइ कार्यक्रममा बोल्दै जिल्ला सभापति अब्दुल कलामले बिपि कोइरालाको समाजवादी विचारधारालाई स्मरण गर्दै, वर्तमान समयमा पनि समाजसेवा र जनसेवाका कार्यहरूमा निरन्तर लाग्नुपर्ने बताउनु भयो ।
जिल्ला सभापतिको उपस्थितिमा सरसफाई अभियानले विशेष महत्त्व पाएको थियो भने फलफुल वितरणले बिरामीहरूको मनोबल उच्च बनाउन सहयोग पुर्याएको नगर सचिव विष्णु पोख्रेलले बताउनु भयो ।
कार्यक्रममा अन्य प्रमुख अतिथिहरूको पनि उपस्थिति रहेको थियो। जिल्ला सचिव प्रेम रायमाझी, जिल्ला प्रवक्ता इश्वरी पाण्डे, वरिष्ठ नेता भवनराज पौडेल, भिमलाल पाण्डे, नारायण ज्ञवाली, र बिनोद नेपाल जस्ता नेताहरूले पनि आफ्नो समर्थन जनाउँदै कार्यक्रममा सहभागी हुनु भएको थियो ।
उनले यो कार्यक्रमले स्थानीय बासिन्दाहरूको बीचमा जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको नगर सभापति पोख्रेलले बताउनु भयो ।
यस कार्यक्रमले बिपि कोइरालाको विचारधारालाई सम्मान गर्दै, समाजमा सकारात्मक परिवर्तन ल्याउन समाजसेवाका कार्यहरूमा सक्रिय रूपमा संलग्न हुनुपर्छ भन्ने सन्देश प्रवाह गरेको छ। भविष्यमा पनि यस प्रकारका कार्यहरूलाई निरन्तरता दिने प्रतिवद्धता आयोजकहरूले व्यक्त गरेका छन ।
कार्यक्रमको समापनमा सहभागीहरूलाई धन्यवाद दिँदै सभापति मधु पोख्रेलले भविष्यमा पनि यस्ता समाजिक कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नु भयो ।