Connect with us
Kapilvast Forest

बिगुल सहकारीको १३औं साधारणसभा सम्पन्न, नवनिर्मित भवन उद्घाटन

२०८१, २९ भाद्र शनिबारमा प्रकाशित

सनिउल्ला धोबी,

कपिलवस्तु, शिवराज नगरपालिका–३ मदवामा रहेको बिगुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ ।

साधारणसभाको अवसरमा संस्थाको नवनिर्मित कार्यालय भवनको पनि उद्घाटन गरिएको छ ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा शिवराज नगरपालिका वडा नं ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले रिबन काटेर भवनको समुद्घाटन गर्नुभयो ।

कार्यक्रममा सम्बोधन गर्दै सापकोटाले सहकारी संस्थाहरूले आर्थिक विकाससँगै सामाजिक क्रियाकलापमा पनि सक्रिय हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेकपा एमाले शिवराज नगर अध्यक्ष, चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला अध्यक्ष महादेव पोखरेलले सहकारी संस्थाहरूले समय अनुसारको परिवर्तन र उत्पादनमूलक कार्यहरूमा ध्यान दिनुपर्ने बताउनुभयो ।

पोख्रेलले सहकारीको दिगो प्रगतिका लागि योजनाबद्ध ढंगले अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

बिगुल बचत तथा ऋण सहकारीका अध्यक्ष नरबहादुर पौडेलले छोटो समयमा संस्थाले प्रगति गरेको उल्लेख गर्दै, सबैको सकारात्मक सहयोगले संस्था अझ सशक्त बन्दै गएको बताउनुभयो ।

कार्यक्रमका अर्का अतिथि अरनिको सहकारीका अध्यक्ष द्रोण अधिकारीले सहकारीहरू नियमअनुसार चल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव बेलसिंह रावतले गर्नुभएको थियो ।

साधारणसभाले सहकारीको आगामी योजनाहरू प्रस्तुत गर्दै आर्थिक विकासमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu