Connect with us
Kapilvast Forest

शुद्धोधनको बजेट ५३ करोड ८६ लाख, कृषि र पुर्वाधारमा जोड

२०८१, ४ आश्विन शुक्रबारमा प्रकाशित

कपिलवस्तु
कपिलवस्तुको सुद्धोधन गाउपालिकाले चालु आर्थिक बर्ष २०८१÷०८२ कालागि ५३ करोड ८६ लाख ८५ हजार २९० रुपैया प्रस्तुत गरिएको छ ।

लबनी स्वास्थ्य चौकी हलमा नऔ गाउ सभामा गाउपालिका उप प्रमुख होम प्रकाश
चौधरीले सो बजेट पेश गरेका हुन । बजेट बहुमतले पास भएको छ । बजेट आर्थिक बर्ष २०८०÷०८१ भन्दा ३ करोड कम आएको छ ।

स्थानीय सरकार संचालन ऐन अनुसार असार १० भित्र ल्याउनु पर्ने नीति तथा कार्यक्रम र बजेट गाउ पालिकाले भने ३ महिना ढिलो गरी ल्याएको हो । आर्थिक बिकास तर्फ ५ करोड ४० लाख १० हजार, सामाजिक विकास तर्फ २६ करोड ४१ लाख ३७ हजार, पुर्वाधार विकास तर्फ १० करोड ३१ लाख ९५ हजार २९०, सुशासन तथा अन्तर सम्बन्धित तर्फ १ करोड ४७ लाख ८७ हजार, कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ १० करोड २५ लाख ५६ हजार बिनियोजित गरिएको छ ।

संघीय, प्रदेशबाट आउने अनुदानमा कमी भएका कारण चालु आर्थिक बर्ष ३ करोड बजेट कम आएको हो । गाउपालिका प्रमुख कमलेशशरण चौधरीले नीति र कार्यक्रम प्रस्तुत गर्दै उप प्रमुख ६ वटा बडालाई सम्मानजकरुपम बजेट बिनियोजन गरेको बताए ।

गाउपालिका प्रमुख, उप प्रमुख र वडागतरुपमा समेत बजेट छुट्टाइएको छ । चालु आर्थिक बर्षकालागि आन्तरिक श्रोत तर्फ भने ३ करोड ७२ लाख ७६ हजार उठने अनुमान गरिएको छ । बजेले शिक्षा, कृषि तथा पशु पालनलाई उच्च प्राथमिकतामा राखेको कृषिलाई ब्यवसायिककरण गर्ने तर्फ उन्मुख हुने प्रमुख चौधरीले बताए । सामाजिक सुरक्षा र तथा सामाजिक संरक्षण, पुर्वाधार निर्माण तर्फ बिशेष जोड दिइएको छ ।

सिचाई, सडक मर्मतमा बजेट खर्च गर्ने कार्यक्रम छ । बिपद र प्राकृति प्रकोयपबाट हुन सक्ने धन जनको क्षति रोक्न र राहत दिनकालागि समेत बजेटमा रकम छुट्टाइएको छ । कोभिड १९ ले गर्दा मुलुक मै आर्थिक मन्दी चलेका अवस्थामा काम गर्न चुनौती रहेको भन्दै गाउपालिकालाई संबृद्ध बनाउन सहमति सहकार्य, एकता र सामुहिक प्रतिबद्धता सहीत अघि बढने योजना रहेको प्रमुख प्रशाकीय अधिकृत धनेश्वर पौडेलले बताए ।

लुम्बिनी प्रदेश मै सबै भन्दा ढिलो गरी बजेट ल्याउने सुद्धोदन गाउपालिका बनेका छ । यस बर्ष पनि बजेटको कार्यन्वय नै सबै भन्दा ठुलो चुनौतीकारुपमा देखा परेको छ । सभा प्रमुख चौधरीको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत पौडेलको आतिथ्यता र ईश्वरी प्रसाद न्यौपानेको संचालनमा भएको हो ।

आन्तरिक बिवादका बावजुत गत आर्थिक बर्ष २०८०÷८१ मा सुद्धोदन गाउपालिकामा ८२ दशमलव १९ प्रतिशत बजेट खर्च भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu