नेकपा एसको केन्द्रिय सल्लाहकार समितिमा शाह मनोनीत

कपिलवस्तु– कपिलवस्तुको बहादुरगन्ज निवासी युवा नेता अब्दुल नवाब शाहलाई नेकपा एकीकृत समाजवादी (नेकपा एस) को केन्द्रिय सल्लाहकार समितिमा मनोनित गरिएको छ ।
सोमबार बसेको सल्लाहकार समितिको बैठकले शाहलाई समितिमा मनोनित गर्ने निर्णय गरेको हो ।
नेकपा एसका पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको निर्देशनमा सल्लाहकार समितिलाई बलियो बनाउन शाहलाई मनोनीत गरिएको नेकपा एसले जनाएको छ ।
नेकपा एसका वरिष्ठ उपाध्यक्ष तथा पूर्व मन्त्री राजेन्द्र प्रसाद पान्डेले शाहको नियुक्तिलाई पार्टीको सल्लाहकार संरचनालाई थप मजबुत बनाउन मनोनित गरेको बताउनु भयो ।
नेकपा एस कपिलवस्तुका सचिव इन्तेखाब खानले शाहको नियुक्ति कपिलवस्तुका लागि गर्वको कुरा भएको बताउनु भयो ।
उहाले भन्नुभयो,”अब्दुल नवाब शाह एक कुशल युवा नेता हुन् । उहाँको नियुक्तिले पार्टीलाई जिल्लामा मात्र होइन, राष्ट्रिय स्तरमा समेत सशक्त बनाउन मद्दत गर्छ ।”
शाहले सल्लाहकार समितिमा मनोनयन भएपछि पार्टीको विधानअनुसार जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

