लायन्स क्लबको चित्रकला प्रतियोगिता सम्पन्न, दिपगंगाकि चाैधरी प्रथम
दुखहरण यादब दाङ
लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५N काे संयाेजन तथा लायन्स क्लब अफ गढवाकाे आयाेजनामा दाङकाे गढवामा चित्रकला प्रतियोगिता सम्पन्न भएकाे छ ।
दाङकाे गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका ३२ जना बिद्यार्थीकाे सहभागिता भएकाे प्रतियाेगितामा दिपगंगा बाेर्डिङ स्कुलकि निशा चाैधरि प्रथम भएकि छन् । प्रतियाेगितामा शुभतारा बाेर्डिङ स्कुलका मनिश चाैधरी दाेस्राे तथा बाल कल्याण आधारभुत बिद्यालयलकि पुर्णिमा चाैधरीले तेस्राे स्थान हासिल गरेकि थिईन् ।
कार्यक्रममा प्रथम, दाेस्राे तथा तेस्राे स्थान प्राप्त गर्नेलाई नगद, प्रमाणपत्र तथा खादाले सम्मान गरिएकाे क्लबका अध्यक्ष उमाकान्त पन्तले जानकारी दिनुभयाे । साथै प्रथम स्थान प्राप्त गर्नेले District 325N मा सहभागी हुने अवसर प्राप्त गरेकाे क्लबले जनाएकाे छ । Distrcit 325 N मा चित्रकाे मुल्यांकन हुने र उत्कृष्ट भएमा मेक्सिकाेमा हुने अन्तर्राष्ट्रिय चित्रकलामा भाग लिन पाउने अवसर प्राप्त हुने क्लबमा सचिब ओमप्रकाश बसेलले जानकारी दिनुभएकाे छ ।
प्रथमकाे कला डिस्ट्रकमा पठाउछाैं उत्कृष्ट भएमा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुने अवसर प्राप्त हुनेछ उहाँले बताउनु भयाे ।
११ बर्षदेखि १३ बर्ष सम्मका बिद्यार्थीकाे कला मुल्यांकन हुने गरि कार्यक्रम संचालन भएकाे हाे । प्रतियाेगिताकाे छनाैट काेड प्रणालिमा भएकाे हाे । काेड प्रणालिमा जिल्लामा पहिलाे पटक नतिजा सार्वजनिक भएकाे हाे ।
मुल्यांकन समिति सदस्य हरि पाख्रेलले नतिजा आउदा सम्म काे बिजेता भन्ने निर्णायक मन्डललाई जानकारी नभईकाे बताउनु भयाे, काेड सिष्टममा निर्णय भयाे, काेड अनुसार रिजल्ट तयार गर्याै, क्लबलाइ बुझायाैं काेड अनुसार नै प्रथम, दाेस्राे र तृतिय घाेषणा भएकाे हाे पाख्रेलले बताउनु भयाे । यश प्रणालिले स्वच्छ निर्णय भएकाे छ उहाँले भन्नुभयाे ।
प्रतियोगितामा गढवा गाउँपालिका शीक्षा शाखा रबिलाल माझी, शिक्षक तथा साहित्यकार हरि पाेख्रेल र क्लबका तृतिय उपाध्यक्ष तथा पुर्ब शिक्षक नवराज देवकाेटा रहनु भएकाे थियाे ।
क्लबका काेषाध्यक्ष खगेश्वर शर्माकाे झण्डाकाे अभिवादन, आथ्यियता बिद्यालय जनता माध्यमिक बिद्यालयका प्रधानाध्यापक रामसुरत यादबकाे प्रमुख आथित्यतामा शुरू भएकाे कार्यक्रमकाे सहजिकरण सचिब ओमप्रकाश बसेल ले गर्नु भएकाे थियाे ।