Connect with us
Kapilvast Forest

असोज १८ गते नेकपा एमाले शिवराजले बृहत् कार्यक्रम गर्ने

२०८१, १६ आश्विन बुधबारमा प्रकाशित

कपिलवस्तु -नेकपा (एमाले) शिवराज नगर कमिटीले आगामी १८ गते विभिन्न राजनीतिक दल परित्याग गरी नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यक्रमको तयारी गरेको छ।

एमाले शिवराजले विजयादशमी, दीपावली र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानसहित पार्टी प्रवेश कार्यक्रमको   व्यापक तयारी भइरहेको  एमाले शिवराजका अध्यक्ष महादेव पोखरेलले जानकारी  दिनु भयो ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री तथा एमाले केन्द्रीय सदस्य बलराम अधिकारीको प्रमुख आतिथ्यता रहने  अध्यक्ष पोखरेलले बताउनु भयो।

उक्त कार्यक्रममा स्थानीयस्तरका विभिन्न दलका नेता तथा कार्यकर्ताहरुले एमालेमा प्रवेश गर्ने एमाले शिवराजका सचीव रोसन एमसी ले जानकारी  दिनु भयो ।

पार्टी  प्रवेश  कार्यक्रमले  पार्टीलाई थप सुदृढ बनाउने  एमाले  शिवराज  उपाध्यक्ष  टेकलाल सापकोटाले बताउनु भयो ।

कार्यक्रम कपिलवस्तुको चन्द्रौटामा चेम्बर अफ कमर्स सभाहलमा कार्यक्रमको तय भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu