Connect with us
Kapilvast Forest

अवधी भाषा कृति “जीवन वृतान्त” बिमोचित

२०८१, २० आश्विन आईतवारमा प्रकाशित


दुख हरण यादव दाङ-

अवधि भासाका जानकार तथा साहित्यकार जगत राम द्वारा लिखित कृति “जीवन वृतान्त” एक कार्यक्रमको बिच बिमोचना गरिएको छ ।
लामो समय देखि शिक्षण पेसामा सक्रिय रहेका यादवको सेवा निबृत्त पछिका समय समाज सेवा तथा साहित्य सृजना गर्दै तयार पारिएको अवधि भाषाको कृति बिमोचन कार्यक्रमका देउखुरी साहित्य मन्चका अध्यक्ष हरी पोख्रेलको सभाध्यक्षता र पुर्व माननिय एवं साहित्यकार एक राज शर्माको प्रमुख आथित्यमा ,प्रमुख अतिथि तथा दाङ जिल्लाका लब्ध प्रतिष्ठित पुर्व माननिय एवं साहित्यकार एक राज शर्माले बिमोचन गर्नु भएको थियो ।

“जीवन वृतान्त” कृतिका बिमोचन समारोहमा बोल्ने बक्ताहरुले यो एक सराहनीय कार्य भएको बताउदै लुम्बिनी प्रदेश रत्न पदकबाट विभूषित जगतराम यादवको चौथो कृति संगै आजैबाट पाचौं कृतिका लागि कलम चलाउन पर्ने कुरामा जोड दिएका थिए ।
देउखुरी साहित्य मन्चको आयोजना तथा यादव समाज सेवा संघ केन्द्रिय कार्यालय गढवाको सह आयोजनामा गरिएको कार्यक्रममा पुस्तक बिमोचन गर्दै प्रमुख अतिथि शर्माले”जीवन वृतान्त “कृति र कृतिकारको योगदान र साहित्य सेवा प्रतिको जागरुकताको बखान गर्नु गर्दै अवधि भासाको बिकाश र उन्नयनको लागि जीवन बृतान्त कृतिले थप योगदान गरेको बताउनु भयो ।
उहाले मातृभाषा प्रतिको स्नेह,जिम्मेवारी र मोहको सान्दर्भिकता कहिल्यै बिर्सन नहुने विचार राख्दै यदुवंशीय परम्परा र कृष्ण कालीन समाज गौरवशाली भएकोले आफूलाई पिछडिएको समाज ठान्न न हुने भन्नु सोअस्ट पार्नु भयो । आफ्नो लामो देउखुरीको बसाइलाइ सम्झंदै शर्माले कृतिकार जगतराम यादवको पुस्तक बिमोचन गर्ने शौभाग्यले पूर्खाको सम्बन्धलाई नवीकरण गर्ने अवसर रुपमा लिएको बताउनु भयो ।
उहाले थप्नु भयो “कुनै समयमा पाँच जना प्रतिनिधि छनोट गरिंदा देउखुरीबाट यदुवंशीहरुको अगुवाई गर्दै “लम्मु परिवार”का हिरालाल,हरिलाल ,जोखु,हनुमान र कन्हैयाहरुले सदरमुकाम घोराही पुगी मलाई सहयोग गरेको र पाँच जनामा चुनिएको थिए । घोराहा ,बालापुर हामीहरुको विरासत भएकोले कोइलाबास भएर भारत जांदा यी गाउँठाउँमा बस्ने गरेको हुन्थ्यो, आज जगतराम यादवले पुराना समय नवीकरण गर्ने अवसर दिएकोमा धन्यवाद ।”
कृति विमोचनमा विशिष्ट अतिथि पूर्व जिल्ला शिक्षा अधिकारी तथा प्रमुख अतिथि राजेन्द्र प्रसाद चौधरी ,आयोजक संस्था देउखुरी साहित्य मंचका अध्यक्ष हरि पोख्रेल ,सह आयोजक यादव समाज सेवा संघका अध्यक्ष हिरालाल यादव,कृतिकार जगतराम यादव सपत्नि धर्मराजी यादव सहित विमोचन गर्नुभएको हो ।
कृतिको सूक्ष्म विवेचना गर्दै देउखुरी बहुमुखि क्याम्पस लमहिका उपप्रध्यापक हरे कृष्ण ज्ञवालिले कृतिकारको हृदयदेखि सराहना गर्दै अठ्ठार शीर्षकमा रहेको यो कृति अवधी भाषामा लेखिनुका सौन्दर्य पक्षहरुको चर्चा पनि गर्नु भयो । उहाले कृति अनुसन्धानमूलक,साहित्य पनि संस्कृति पनि घुलित रसपान गर्न मिल्ने “जीवन वृतान्त “अवध क्षेत्रका लागि धरोहर साबित हुने ओजपूर्ण समीक्षा गर्नु भएको थियो ।
कृतिकार जगतराम यादवले अवधी भाषामा कलम चलाउनुको वास्तविकता र अपरिहार्यतालाई सभामा पस्किदै उठेका तमाम जिज्ञासाहरुको जवाफ दिनु हुंदै पुस्तक प्रकाशनमा हौशला बढाइ पुस्तकको गरिमालाई ओजपूर्ण बनाई दिएकोमा नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति भूपाल राई,डा राममनोहर लोहिया अवध विश्वविद्यालय अयोध्याका सहायक आचार्य प्रत्याशा मिश्र,संस्कृत विश्वविद्यालयका वर्तमान निमित्त उपकूलपति प्राध्यापक डा. भीम खतिवडा,लोकवार्ता परिषद् नेपालका तात्कालिन अध्यक्ष प्राध्यापक डा. प्रेम कुमार खत्री ,मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष राम भरोस कापडि भ्रमर साथै पुस्तक प्रकाशनमा आर्थिक सहयोग गर्नुहुने गढवा गाउपालिकाका अध्यक्ष यम नारायण शर्मा पोख्रेल (विश्वास ) लगायत सम्पुर्ण गाउपालिका परिवारलाई आभार ब्यक्त गर्नु भयो ।

बिमोचन कार्यक्रमलाइ सम्बोधन गर्दै ज्ञानज्योति बोर्डिङका प्रिन्सिपल दीपक कुमार यादव,जनज्योति मा.वि.बेलाका का प्र.अ. केशवराम यादव,समाजसेवी अनुराग यादव,लायन्स क्लब गढवाका उमाकान्त पन्त,शिक्षिका द्वय रामकुमारी यादव तथा राधा गौतम न्यौपाने ,निवृत शिक्षक समाज गढवाका अध्यक्ष कपिलदेव खनाल, नागरिक समाज दाङ्का संयोजक निम बहादुर थापा,गढ्वाका संयोजक खगेश्वर शर्मा,जनता माबि गढवाका प्रधानाध्याक राम सुरत यादव यादव,अवधी संस्कृति संरक्षण प्रतिष्ठानका अध्यक्ष रामगोपाल यादव समेतका बौद्धिक तथा साहित्यक ब्यक्तित्वहरुले बडा दशैंको शुभकामना दिंदै कृतिकारको यस कार्यको प्रशंसा गर्नु भएको थियो।
सह आयोजक संस्था यादव समाज सेवा संघका अध्यक्ष हिरालाल यादवको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण दिपेन्द्र होमजुन माबि प्रसेनिका प्रधानाध्यापक केशव राज शर्माले गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu